छिमेकी चिढाउँदै सरकारः ओली

छिमेकी चिढाउँदै सरकारः ओली

धनगढीः एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय नीतिविपरीत छिमेकीहरूलाई चिढाइरहेको बताएका छन् । एमाले प्रदेश नं ७ स्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन धनगढी आएका उनले मंगलबार विमानस्थलमा पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

‘सरकार गठनकै बेलादेखि वर्तमान सरकारले अनुचित रूपमा विशेष दूत पठाएर छिमेकीलाई अविश्वासमा हाल्ने प्रयास गर्‍यो । भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा राष्ट्रिय बिदा दिएर छिमेकीलाई चिढाउने काम भइरहेको छ', उनले भने । सरकारले भारतीय राष्ट्रपतिको भ्रमणमा त्यति भक्ति देखाउन आवश्यक नभएको उनले बताए । ‘भारतीय राष्ट्रपतिको भ्रमणमा जनतालाई दुःख दिएर त्यति धेरै ‘भक्ति' देखाउनु आवश्यक थिएन', उनले भने ।

सरकारले छिमेकीबीच सन्तुलन हुन नदिने र समयानुकूल विकासको गति अघि बढ्न नदिने चलखेल गरिरहेको उनको आरोप छ । आफ्नो प्रधानमन्त्रीकालमा प्रतिपक्ष एवं सरकारभित्रै रहेका घटकले पनि सहयोग नगरेको दाबी गरे । ‘त्यही सरकार रहेको भए अहिलेसम्म धेरै कुरा अघि बढिसक्थ्यो', उनले भने ।

देशलाई हित हुने गरी संविधान संशोधन गर्न कुनै आपत्ति नभएको उनले बताए । ‘देश हितविपरीत र अग्रगमनविरोधी कुनै पनि संशोधन स्वीकार्य छैन', उनले भने । सरकारबाट संविधान कार्यान्वयनको कुरा अघि नबढेको उनको आरोप छ । लोकमानसिंह कार्कीमाथि लगाइएको महाभियोग सम्बन्धमा पत्रकारहरूले राखेका जिज्ञासामा उनले भने, ‘महाभियोग पास हुन्छ ।'
पत्रकार सम्मेलनमा वरिष्ठ नेता माधवकुमार नेपालले मधेसका दलहरूले उठाएका मागमा मधेसी जनता नै सहमत नभएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.