'प्रधानमन्त्री निरङ्कुश तरिकाले चल्न खोजे'

'प्रधानमन्त्री निरङ्कुश तरिकाले चल्न खोजे'

बनेपाः नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निरंङकुश तरिकाले चल्न थालेको आरोप लगाएका छन् । नेपाली काग्रेसको आड भरोसामा उभिएता पनि प्रधानमन्त्री प्रचण्डले काग्रेसको व्यवास्ता गरि एकलौटी रुपमा अधि बढ्दै गएको बताएका हुन ।

बुधबार काभ्रेको बनेपामा नेपाली काग्रेस प्रथम राष्ट्रिय नगर सभापतीको संम्मेलनको उद्घाटन गर्दै नेता पौडेलले उक्त कुरा बताएका हुन । ‘प्रचण्ड जि आफ्नै ढंगबाट अधि बढ्दै जानुभयो कुनै कमन काम हुन सकेन ।’ उनले थपे ‘सरकारले जनताले आशा गरे बमोजीमको काम गर्न सकेको छैन ।, यसबाट काग्रेसलाई पनि कुनै उपलव्धी छैन ।’ नेता पौडेले प्रधानन्त्री प्रचण्डलाई लक्षीत गर्दैै भने ‘सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्छ चिडने होईन ।’न समन्यव छ न कुनै उपलव्धीनै ।’ उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कार्यकर्ताहरुलाई केही समयको अन्तरालमै विभिन्न तहको निर्माचन हुन लागेकाले बताउदै तयारी रहन अनुरोध समेत गरे । ‘केही समयमै हामीहरुले अग्नी परिक्षाको सामाना गर्नुपर्छ ।, यसका लागि तपाईहरु तयार हुनुहोस ।,हामी पहिलो श्रेर्णीमा उर्तिण हुनुपर्छ ।’ उनले थपे ‘एमाले र माओबादीको गठबन्दनलाई तोडेर काग्रेसलाई सरकारमा पु¥याएका छौ ।, अव चुनावका लागि सोही अनुरुपको तयारीमा लाग्नुपर्छ ।, हाम्रो पार्टी केन्द्रका नेता भन्दा पनि गाँउका कार्यकर्ताबाट बचेको पार्टि हो । केन्द्रकाले त केही कामै गर्न सकेका छैनन ।, त्यसका।ण उनिहरुको आत्मभाव बुझेर आफ्नो क्षेत्रमा काम गर्नुहोस ।’

नेता पौडेलले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने ‘म त एक्लो बृहस्पती जस्तो भएको छु ।’ ‘स्थानीय निकाय पुर्नःसंरचनाको नाममा एकैचोटी भवन र कर्मचारी थप्दा झन सरकारलाई भार थपिन्छ भन्दा कोही कसैले सुनेनन ।’ उनले देखसो पोख्दै भने ‘जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, बाटो, पानी, र विजुली खोजीरहेका छन् । भवन र कर्मचारी होइन ।’

कार्यक्रममा शान्ति तथा पर्ननिर्माण मन्त्री सितादेवी यादवले दश वर्षे युद्धबाट देश पछि पर्नुृका साथै तत्कालीन समयमा ध्वस्त भएका संरचनको ३५ प्रतिश पनि काम हुन नसकेको बताईन । ‘भौतीक संरचनाको त कुरा परेजाओस मृतक बेपता र टुहुरा बालबालीकाका परिवारले अझै राम्ररी राहात पाउन सकेका छैनन् ।, यसका लागि म लागिरहेको छु ।’ उनले पुर्न निर्माणका लागि मात्र ३० अर्व रुपैया आवश्यक पर्ने बताईन । ‘हामीले बेपता तथा मृतकका परिवारका लागि ३२ करोड रुपैया छुट्टाएका छौ ।’ कार्यक्रममा काग्रेसका केन्दीय नेता एनपी साउथले बन्दै गरेको स्थानीय निकायको संरचनालाई मध्यनजर गर्दै चुनावको तयारी गर्न समेत आग्रह गरेका थिए ।

बुधबार र विहिबार हुने सम्मेलनमा नगर सभापतिसहित करिब २ सय १७ प्रतिनिधिको सहभागिता रहेको नेपाली काँग्रेस बनेपा नगर समिति सभापति राम जोशीले जानकारी दिए । सम्मेलनमा स्थानीय निकाय पुर्नसंरचनाबारे धारण बनाउन र चैतमा हुने भनिएको स्थानिय निकाय निर्वाचन, प्रादेशिक व्यवस्था, पार्टी सुदृढीकरण लगायतका एजेन्डामा छलफल गर्न भेला बोलाएको स्थानीय निकाय निर्वाचनको तयारीस्वरूप नेपाली कांग्रेसले नगर सभापतिहरूको भेला बोलाएको जोशीले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.