सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भयोः प्रधानमन्त्री प्रचण्ड

सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भयोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समयमा सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भएकाले त्यसको प्रतिरक्षा गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार गरेको ‘अगुवा प्रशिक्षण कार्यक्रम’मा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत विस्तारैविस्तारै माओवादी सिद्धान्तविरुद्ध नै प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

‘अहिले सामाजिक सञ्जाल र केही मिडियामार्फत हामीमाथि आक्रमण र घेराबन्दी भइरहेको छ । त्यसैले पार्टीको नेतृत्व र सरकारले गरेका राम्रा कामको प्रतिरक्षा गर्न युवा विद्यार्थीले भूमिका खेल्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले कार्यकर्ताले राखेको जिज्ञासाको जवाफ दिँदै गरिबी निवारणका निम्ति सरकारले अभियान थालेको जानकारी दिए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको क्रान्तिकारी चरित्रमा स्खलन, प्रदूषण र भ्रष्टीकरण भएको बताउँदै पुनःएकीकरण र रुपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरे ।

अर्का नेता रामबहादुर थापाले देशमा नयाँ कम्युनिस्ट पार्टीको अझै आवश्यकता रहेको बताए । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्नो सङ्गठनले राजनीतिक र शैक्षिक दुवै मुद्दा सँगसँगै उठाउने बताए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.