ओप्पोको विंगो अफर योजनाको विजेता घोषित
काठमाडौः ओप्पोले दसैंतिहारलाई लक्षित गरी सञ्चालनमा ल्याएको ‘ओप्पो विंगो अफर' योजनाको विजेता घोषणा गरेको छ । उत्कृष्ट क्यामेराका लागि विशेष लोकप्रिय स्मार्टफोन कम्पनी ओप्पोले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विजेता छनोट गरेको हो ।
ओप्पो विंगो अफर योजनाअन्तर्गत गोलाप्रथामार्फत पहिलो पुरस्कारको विजेताका रूपमा कुपन नं २३५३ का जयप्रकाश र कुपन नं ३४३३ का सुजाता मगर घोषित भएका छन् । उनीहरूले कम्पनीको तर्फबाट १–१ थान स्काइवर्थ ब्रान्डको ४२ इन्च टीभी जितेको कम्पनीले जनाएको छ ।
त्यसैगरी कुपन नं. २४५१, १०९८, १३४०, ३७२७ र १०८३ का ग्राहकले १–१ थान ओप्पो एफ वान एस स्मार्टफोन हात पारेका छन् । यस योजनाअन्तर्गत ओप्पो नियो सेवेन स्मार्टफोनका १० जना विजेताकोसमेत घोषणा गरिएको छ ।
कम्पनीका अनुसार कुपन नं १३३४, ३९७९, ११५२, ११२९, २५६८, २६२२, १०३५, ११७४, २६८१ र १३१५ रहेका ग्राहकले नियो सेवेन स्मार्टफोन हात पारेको कम्पनीले जनाएको छ ।