राप्रपा नेपालसँग चाँडै पार्टी एकता हुन्छ: राणा

राप्रपा नेपालसँग चाँडै पार्टी एकता हुन्छ: राणा

पाँचथर: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले अब चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने बताएका छन्।

पाँचथरको फिदिममा बिहीबार पार्टीले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। दुवै पक्षबाट संवाद अघि बढाएर पार्टीलाई एक बनाएर लैजाने उनले बताए। 

अहिलेको संविधानलाई संशोधन गरेर यथाशक्य स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए। उनले भने,'अहिलेको गाउँ नगरको संरचनालाई कायम गरेरै स्थानीय निकायको निर्वाचन गर्नुपर्दछ।'

मधेसी, आदिवासी जनजातिका मागलाई सम्बोधन गर्दै अब मुलुकलाई हिन्दू राज्य बनाउन लाग्ने उनले बताए। उनले अङ्गिकृत नागरिकता भएको व्यक्ति संवैधानिक पदमा जान दिने पक्षमा पार्टी नरहेको उल्लेख गरे। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.