विप्लव माओवादीका १५ जना कार्यकर्ता पक्राउ

विप्लव माओवादीका १५ जना कार्यकर्ता पक्राउ

चितवन: विप्लव नेतृत्वको नेकपा माओवादीका १५ जना कार्यकर्ता पक्राउ परेका छन्।

महँगी, कालोबजारी र भ्रष्टाचारको विरोध गर्दै चक्काजाममा उत्रिएका उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, नारायणगढको पुल्चोकबाट ६ जना र पूर्वी चितवनको खैरहनीबाट ९ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो।

जिप्रका चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार पक्राउ पर्नेमा जिल्ला सचिवालय सदस्यहरु लोकराज पाण्डे, पुरन राई, कृष्ण बराल, रघुवीर शेर्पा, रमेश लामिछानेसहित १५ जना रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.