मलिना जोशीको ‘द विनर’ दोस्रो सातामा
काठमाडौं: देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘द वीनर’ दर्शकको उत्साहजनक प्रतिक्रिया सँगै दोस्रो सातामा प्रवेश गरेको छ ।
डायमण्ड स्टार फिल्मस्को मुख्य ब्यानरमा निर्माण बनेको चलचित्र ‘द वीनर’ शुक्रबारबाट देशभरका ६० भन्दा बढि हलमा प्रदर्शन भइरहेको छ ।
‘द विनर’ले एक साता पार गर्नै लाग्दा फिल्म सफलता उन्मुख रहेको निर्माता सुशील पन्तले जानकारी दिए ।
अधिकांश नयाँ कलाकार रहेको फिल्ममा महेश श्रेष्ठ, पूर्वमिस नेपाल मलिना जोसी, मञ्चिन शाक्य, अमित गिरी, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरीलगायतको मुख्य भूमिका रहेको छ । हिक्मत विष्टले निर्देशन गरेको चलचित्रले दर्शकको मन चितेको निर्माण पक्षको भनाइ छ ।
डायमण्ड स्टार फिल्मस्को ब्यानरमा निर्मित ‘द विनर’मा सुरजसिंह ठकुरी, सुशील पन्त, विकास खरेललगायतको लगानी छ ।
एक्सन थ्रिलर ‘द वीनर’ मा अष्ट्रेलिया, दुबई र नेपालका विभिन्न स्थानका दृश्य देख्न पाइन्छ ।