लोकमानको नियुक्तिका विषयमा मंसिर १६ देखि बहस हुने

लोकमानको नियुक्तिका विषयमा मंसिर १६ देखि बहस हुने

काठमाडौं: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सेवा सुविधासम्बन्धी विषयको मूल मुद्दासँगै आगामी मङ्सिर १६ गते पेसी चढाउने आदेश भएको छ ।

न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले आज कार्कीको नियुक्तिको विषयको मूल मुद्दासँग सुनुवाइका लागि पेसी चढाउने आदेश दिएको हो।

कार्की निलम्बनमा परिसक्नुभएकाले उहाँले पाउनुपर्ने सुविधा खोस्न माग गर्दै अधिवक्ता ओमप्रकाश आर्यालले यही कात्तिक १२ गते निवेदन दर्ता गरेका थिए।

यसैबीच कार्कीले आफ्ना वारेस अधिवक्ता तेजबहादुर कटवाल मार्फत आजै मुद्दासम्बन्धी तारेख बुझेका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.