प्रेमिकाबारे मुख खोल्न बाध्य भए राजकुमार ह्यारी

प्रेमिकाबारे मुख खोल्न बाध्य भए राजकुमार ह्यारी

एजेन्सीः संसारकै चर्चित अविवाहित पुरुषका रूपमा हेरिएका बेलायती राजकुमार ह्यारी आफ्नो प्रेमिकाका बारेमा बोल्न बाध्य भएका छन् । बेलायती सञ्चारमाध्यमले उनको प्रेमप्रसंगका बारेमा बारम्बार समाचार प्रकाशित गर्न थालेपछि वास्तविकताका बारेमा मुख खोल्न उनी बाध्य भएका हुन् ।

३२ वर्षीय राजकुमारको प्रेमप्रसंगको समाचारले यति बेला सबैको ध्यान तानेको छ । बेलायतको सम्मानित किङ्स्टन प्यालेसमा राजकुमारी बनेर भित्रने भाग्यमानी महिला को बन्ने भन्ने विषयलाई चासोका साथ हेरिएका बेलामा ह्यारीको प्रेमिकाका रूपमा अमेरिकी नायिकाको मेघन मार्कलको नाम सार्वजनिक भएको हो ।

३५ वर्षीया मार्कल टेलिभिजन पर्सनालिटीका रूपमा पनि प्रख्यात छिन् । उनको टीभी नाटक ‘सुट्स’ले उनलाई प्रसिद्धिको उचाइमा पु¥याएको हो । मेघन मार्कलको स्थायी घर भने क्यानडा हो ।

ह्यारी र मेघनको सम्बन्धका बारेमा बारम्बार समाचार आएपछि किङ्स्टन प्यालेस मंगलबार पे्रस विज्ञप्ति जारी गर्न बाध्य भएको हो। विज्ञप्तिमा ह्यारीले आफ्नो निजी जीवनका बारेमा सञ्चारमाध्यमले एकोहोरो ‘फोर्स’ गरेकाले उनी अलि आक्रामक रूपमा देखिए । विज्ञप्तिमार्फत उनले आफ्नो प्रेमसम्बन्ध र प्रेमिकाका बारेमा जे पायो त्यही लेख्न बन्द गर्न आग्रह पनि गरेका छन् ।

ह्यारीले प्रेमिकाको सुरक्षाका कारण कतिपय कुरा खुलाउन नचाहेको स्पष्ट पारेका छन् । आफ्नो प्रेमसम्बन्ध सार्वजनिक भएपछि मेघनको सुरक्षालाई लिएर उनले पछुतो पनि मानेका छन् । ह्यारीसँगको प्रेमसम्बन्ध सार्वजनिक भएपछि मेघन मिडियाको तारो बनेकी छन् । मेघनकी आमाका अनुसार फोटोग्राफरहरू उनको घरमा अनुमतिबिना प्रवेश गर्न खोजिरहेका छन् । केही पत्रिकाले उनीहरूको सम्बन्धका बारेमा बोल्न लोभ्याइरहेका छन् । ह्यारीले आफ्नो प्रेमिकाका बारेमा ‘रेसियल’ र ‘सेक्सिएस्ट’ भनेर गरेको कमेन्टप्रति बढी आक्रोश पोखेका छन् । सञ्चारमाध्यमले सीमा नाघेको तर्क गर्दै उनले सबैलाई ‘प्रोफेसनल’ बन्न आग्रहसमेत गरेका छन् ।

क्यानडाकी मेघनसँग ६ महिना अघिदेखि मात्रै ह्यारीको अफेयर्स सुरु भएको बताइएको छ । तर, यति थोरै समयमा उनीहरूको अफेयर्स अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बनेको छ । ३२ वर्षीय राजकुमारले पनि लामो दूरीको सम्बन्धमा रहेको स्वीकार गरेको बताइएको छ । उनीहरूको पहिलो भेट क्यानडामै भएको थियो । अंगभंग भएका सिपाहीहरूको समर्थनमा ‘इनभिकस गेम’ (स्पोर्टिङ इभेन्ट)मा सहभागी हुने क्रममा उनीहरूको भेट भएको थियो । एक दशक सेनामा बिताएका ह्यारीले उनीहरूलाई देख्दा साँच्चै पग्लिएको प्रतिक्रिया दिएका थिए ।

मेघनकी आमा काला जातिको भएकाले बाल्यकालमा भेदभाव सहनु परेको बताएकी छन् । खानाकी सोखिन उनले आफ्नो ब्लगमार्फत विभिन्न प्रकारका रेसिपी प्रस्तुत गर्दै आएकी छन् । निकै संघर्षशील मेघनकी आमा आफैंलाई उत्प्रेरणाको स्रोत मान्छिन् । मेघन पनि लैंगिक समानताको एक अभियन्ताका रूपमा चिनिएकी छन् । एघार वर्षको उमेरदेखि उनी यस्तो अभियानमा लाग्न थालेकी हुन् । महिलालाई भान्सामा मात्रै सीमित गर्नु हुँदैन भन्ने भनाइ राख्दै आएकी मेघन डिभोर्सी भएको प्रसंगले पनि धेरै चर्चा पाएको हो । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.