भारू हजार नेपाली हजारमा साटिँदै

भारू हजार नेपाली हजारमा साटिँदै

घोराहीः केही दिन अघि छोराले भारतबाट पठाएको १२ हजार रुपैयाँ लिएर बिहीबार दाङ त्रिपुरकी जाबुनी चौधरी घोराही बजार आएकी थिइन् । दसैंतिहार मनाउन घोराहीबाट सामान लगेको उधारो तिर्न आएकी उनलाई साहुले भारु चल्दैन भनेर फर्काइदिए ।

त्यसपछि बजारभरि भौतारिएकी उनलाई कसैले ‘आइडिया' दियो र उनी भारु नोट साट्ने एक जना व्यक्तिकहाँ पुगिन् । तर ती व्यक्तिले पनि साट्न नमानेपछि उनले भारतीय हजारका नोट नेपाली हजारमै र पाँच सय भारतीय नोट नेपाली पाँच सयमै साटिन् ।

अरु कुनै विकल्प उनीसँग थिएन । ‘भारत हजारको नोट नचल्ने भएछ बजार आएर थाहा पाएँ, यस्तो कुरा हाम्ले कसरी थाहा पाउने ? ' बजारमा भेटिएकी उनले भनिन् ‘हजारको हजारमै दिएर आएँ ।'

भारतले हजार र पाँच सयका नोट प्रतिबन्ध लगाएपछि उनीजस्ता थुपै्र सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । बजारमा १५ प्रतिशतसम्म लिएर भारतीय नोट साट्ने व्यापारीले अहिले लिन छाडेका छन् । कसैकसैले बजारमा लुकिछिपी हजारका नोट नेपाली हजारमै र पाँच सय पाँच सयमै साट्न थालेका छन् । यसरी प्रत्येक हजारमा पैसा साट्ने व्यापारीलाई सीधै ६ सय रुपैयाँ फाइदा हुन्छ ।

यतिबेला नेपाली बजारमा पनि भारतीय नोटको ‘टेन्सन' देखिन थालेको छ । भारतीय नोटमै लाखौंको कारोबार गर्ने यहाँका स्थानीय व्यापारीसमेत अहिले त्यही पैसा कसरी साट्ने भन्ने तनावमा छन् । बैंकले भारु साट्दैनन् ।

भारतीय नोटमै लाखौैको कारोबार गर्ने यहाँका स्थानीय व्यापारीसमेत अहिले त्यही पैसा कसरी साट्ने भन्ने तनावमा छन् । 

निकै कम मात्रामा भारुको कारोबार गर्दै आएको नेपाल एसबीआई बैंकले पनि अब भारतीय नोट कारोबार नगर्ने भएको छ । ‘केही पैसा स्टकमा छ, हाम्रो व्यापारमा लाखौंको कारोबार हुन्छ त्यसैले हजार,पाँच सयका नोट धेरै हुन्छन्' घोराहीका गल्ला तथा खाद्यान्न व्यापारी करण शर्मा भन्छन् ‘अब कागजकै भाउमा पनि जाने भएन, कसरी त्यसलाई साट्ने हो त्यही टेन्सन छ ।'

दाङसँग सीमाना जोडिएका कारण यहाँका धेरै व्यापारीको कारोबार पनि भारतबाटै हुने गर्दछ । दिनहुँ सयौँ बिरामी यहाँबाट उपचारका लागि दिल्ली र लखनउ जान्छन् । त्यहाँ जानका लागि काम लाग्छ भनेर धेरैले भारतीय नोट स्टकमा राखिरहेकै हुन्छन् ।

कतिपयले धेरै भारतीय नोट जम्मा गर्ने र भारत जाने नेपालीलाई रुपैयाँ साटेर केही प्रतिशत रकम आफूले राख्दै आएका थिए । लाखौंका कारोबार गर्ने यस्ता ‘सटही' व्यापारी अहिले झनै संकटमा छन् ।

दाङमात्रै होइन, राप्तीका धेरै जिल्ला भारतीय बजारमा आश्रित छन् । सिंगो राप्तीको व्यापारमा जानकार राख्ने एक जना व्यापारी माधव शर्माका अनुसार राप्तीभरिमा हजार र पाँच सयका नोट करिब पाँच करोड रुपैयाँ बराबरको छ ।

दैनिक करोडौंको सामान आयात र निर्यात हुँदै आएका राप्तीका पाँच जिल्लाबाट धेरै नेपाली श्रमिक पनि भारतमा रोजगारी गर्छन् । उनीहरूले घरमा पठाउने रकम पनि धेरैजसो हजार र पाँच सयका नोटमा आउँछ ।

नेपाल बैंक लिमिटेड घोराहीका प्रमुख चन्द्रप्रकाश अधिकारीले नेपालमा ४० प्रतिशत मात्रै भारतीय रुपैयाँ कानुनी भएको दाबी गरे । अरु सबैको अवैध कारोबार छ ।

औषधि उपचारका लागि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २० हजार रुपैयाँ बराबारको भारु नोट सटही गर्न मान्यता दिए पनि अहिले नोट प्रतिबन्धका कारण सटही हुँदैन । तर, बजारमा खुलेआम लाखौंको भारतीय नोट साट्ने अवैध धन्दा चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.