निगमलाई जहाज बेच्न १० कम्पनी इच्छुक

निगमलाई जहाज बेच्न १० कम्पनी इच्छुक

काठमाडौंः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई लामो दुरीको उडान गर्ने वाइडबडी जहाज बेच्न ११ कम्पनी इच्छुक देखिएका छन् । निगमले ४५ दिन अगाडि मागेको प्रस्तावमा विभिन्न वायुसेवा कम्पनी, लिजिङ कम्पनी र यसका भगिनी कम्पनीले निगमले मागेको प्रस्ताव अनुसार एयरबसको वाइडबडी ए ३३०-२०० जहाज दिन इच्छा देखाएका छन् ।

वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमलाई शून्य आवर उडान भएको (नयाँ जहाज) देखि एक हजार घन्टासम्म उडेको जहाजको प्रस्ताव परेको छ । नयाँ जहाजकै प्रस्ताव परेकोले पुरानो खरिद गर्न लागेको भन्ने नकारात्मक सोचाइ भएका सँग काम गर्न पनि सहज हुने कंसाकारको भनाइ छ ।

उनका अनुसार शून्य आवरदेखि पाँच सय घन्टा उडाएका जहाजको पनि प्रस्ताव परेको छ । कुनै लिजिङ वा वायुसेवा कम्पनीले अर्डर गरिसकेको जहाज उडानमा प्रयोग नभएकोले हामीलाई दिन प्रस्ताव आएको कंसाकारको भनाइ छ ।

निगमका अनुसार केए एरो पाट्र्स, केजेटी इन्भेस्टमेन्ट एन्ड वन वल्र्ड क्लोजआउट लिमिटेड, रोन मोटा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पाट्र्स, एयरक्राफ्ट इन्भेस्टमेन्ट ग्रुपले निगमलाई जहाज दिन इच्छा देखाएको छ ।

निगमले मागेअनुसारको प्रस्ताव पेस गर्न क्राउन कमर्सियल सर्भिस प्रालि, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, लि गु्रप डेल्टा, एएआर कर्पोरेसन र सूर्य एयर सपोर्टसमेत रहेको निगमका महाप्रबन्धक कंसाकारले बताए । एउटा कम्पनीले भने इन्जिन मात्रै उपलब्ध गराउने प्रस्ताव राखेकाले त्यसलाई समावेस नगरिएको निगमको भनाइ छ ।

शून्य आवरदेखि पाँच सय घन्टा उडाएका जहाजको पनि प्रस्ताव परेको छ ।

कंसाकारका अनुसार एयरबसको जहाज निर्माता कम्पनीले भने निगमले मागेकै समयमा जहाज दिने समय छिटो भएकोले त्यो समयमा जहाज उपलब्ध गराउन नसक्ने भन्दै प्रस्ताव पेस गरेको छैन । कंसाकार आफैंले एयरबसलाई सोध्दा डेलिभरी समय छिटो भएकोले कम्पनीले नभ्याउने जवाफ दिएको उल्लेख छ ।

‘नयाँ जहाजको प्रस्ताव नआउला कि भन्ने चिन्ता थियो’, कंसाकारले भने, ‘नयाँको प्रस्ताव परेकोले अब हामीलाई जहाज लिन कुनै समस्या हुँदैन ।’ प्रस्ताव हालेका कम्पनीले पनि अफर प्राइस, भ्यालुएसन प्राइस हुँदै सहमतिबाट गर्ने कन्ट्राक्स प्राइससम्म हुने भएकोले पनि निगमले आवश्यकता अनुसारको उपयुक्त जहाजलाई उपयुक्त मूल्यमै खरिद गर्ने भएको छ ।

वायुसेवा निगमका सहप्रवक्ता शैलेश कंसारकाका अनुसार निगमले गत असोज १० गते मागेको ४५ दिने ग्लोबल टेन्डर बुधबार सकिएको हो । निगमल सबै कम्पनीको प्रस्ताव हेर्ने र निगमलाई उपयुक्त कम्पनी छनोटको सुझाव दिन बिहीबार नै एक प्राविधिक समिति गठन गरेको छ । समितिले दुई साताभित्रै प्रतिवेदन दिने कंसाकारले जानकारी दिए ।

निगमले एयरबसको ए ३३०-२०० सिरिजको वाइडबडी जहाज खरिद गर्ने भएको छ । यो जहाज २५० देखि २८० सिट क्षमताको हुनुपर्ने शर्त निगमले तोकेको छ । दुईवटा वाइडबडी जहाज खरिद गर्न निगमले २५ अर्ब रुपैयाँको सरकारी जमानी पाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.