एकै पालीमा तीन शतक

एकै पालीमा तीन शतक

राजकोटः भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा इङ्ल्यान्डका तीनजना ब्याट्सम्यानले शतक बनाएका छन् । इङ्ल्यान्डले तीन ब्याट्सम्यानको शतकमा पहिलो पालीमा सबै विकेट गुमाएर पाँच सय ३७ रन जोड्यो । इङ्ल्यान्डका जोए रुट, मोइन अली र बेन स्टोक्सले शतक बनाएका हुन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रुटले एक सय २४, मध्यक्रमका अलीले एक सय १७ र स्टोक्सले एक सय २८ रन बनाए ।

भ्रमणकारी टोली इङ्ल्यान्डले चार विकेटको क्षतिमा तीन सय ११ रनको स्थितिबाट दोस्रो दिन बिहीबारको खेल अगाडि बढाएको थियो । स्टोक्स र अलीले पाँचौं विकेटका लागि एक सय ६१ रनको साझेदारी गरे । त्यसअघि बुधबार रुट र अलीबीच चौथो विकेटका लागि एक सय ७९ रनको साझेदारी भएको थियो । अलीले दुई सय १३ बलमा १३ चौका हिर्काए । स्टोक्सले दुई सय ३५ बलमा दुई छक्का र १३ चौका प्रहार गरे ।

अली र स्टोक्स दुवैले चौथो टेस्ट शतक बनाएका हुन् । रुटले यसअघि ११ औं टेस्ट शतक बनाएका थिए । यसअघि भारतमा भएको टेस्ट क्रिकेटमा अन्तिम पटक सन् २००९ मा भ्रमणकारी टोलीका तीन ब्याट्सम्यानले एउटै पालीमा शतक बनाएका थिए । श्रीलंकाका तिलकरत्ने दिलासन, माहेला जयाबद्र्धने र प्रसन्ना जयाबद्र्धनेले उक्त सफलता हात पारेका थिए ।

यसैगरी टेस्ट क्रिकेटमा इङ्ल्यान्डका तीन ब्याट्सम्यानले एउटै पालीमा शतक बनाएको सन् २०११ पछि यो पहिलो पटक हो । पहिलो पालीमा इङ्ल्यान्डका विकेटकिपर जोनी बेयस्टले ४६ रन बनाए । भारतका बलर रवीन्द्र जडेजाले तीन तथा मोहम्मद सामी, उमेश यादव र रविचन्द्रन आश्विनले दुईदुई विकेट हात पारे । अमित मि श्राको नाममा एक विकेट रह्यो ।

भारतले दोस्रो दिनको समाप्तिमा कुनै पनि विकेट नगुमाई ६३ रन जोडेको छ । मुरली विजय २५ र गौतम गम्भीर २८ रनमा अविजित छन् । इङ्ल्यान्ड र भारतबीच पाँच खेलको टेस्ट शृंखला हुनेछ । टेस्ट शृंखला सकिएपछि भारत र इङ्ल्यान्डबीच तीनवटा एकदिवसीय र तीनवटा टीट्वेन्टी प्रतियोगिता पनि हुनेछ ।

भारतले सन् २०१२ यता घरेलु मैदानमा एउटा पनि टेस्ट खेल हारेको छैन । भारत अन्तिम पटक घरेलु मैदानमा इङ्ल्यान्डसँगै पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.