भारतीय नोट ‘प्रतिबन्ध'

भारतीय नोट ‘प्रतिबन्ध'

भारत सरकारले पाँच सय र एक हजारका नोटहरूमा तत्काल प्रभावी हुने गरी प्रतिबन्ध लगाएको छ । स्वाभाविक रूपमा यस्ता निणर्यहरू घोषित लक्ष हासिल गर्नको लागि अत्यन्त गोप्य र अचानक गरिन्छ ।

भारतभित्रै कालो धन र जाली नोटको प्रचुरता अत्यन्त छ भन्ने अड्कलबाजी र कालो धन भित्र्याउने अभियानप्रति नैतिक समर्थन जनाएका नरेन्द्र मोदीको सरकारले चालेको यो कदमबारे भने फरक मत तथा विश्लेषण आइरहेको छ, राजनीतिक वृत्त, आम जनता र अर्थशास्त्रीहरूका बीचबाट । त्यो आश्चर्यको विषय हैन ।

तर यो कदमको प्रभाव भारतमा मात्र सीमित रहने छैन । नेपाललगायत भारतबाहिरका केही मुलुकहरूको अर्थतन्त्रलाई प्रभावित गर्ने निश्चित छ । नेपालभित्र वैधानिक तरिकाले रहेका र ‘अवैध घोषित'गरिएका ती नोटको सटहीको जिम्मेवारी सरकारले लिनुपर्दछ । उसले चालेका प्रारम्भिक कारबाही त्यस अर्थमा स्वागतयोग्य छन् ।

भारतभित्र प्रयोगमा रहेका कुल आयतनको करिब ८० प्रतिशत हिस्सा रकम पाँच सय र एक हजारका नोटको रहेको र त्यसमाथि प्रतिबन्ध लगाइँदा भारतीय ‘नोट'ले सामना गरेको खतरा सम्बोधन हुने अड्कलबाजी सरकारले गरेको छ ।

ठूलो नोट प्रतिबन्ध गर्ने यो कदम भारतमा झन्डै ३८ वर्षपछि दोहोर्‍याइएको छ । भारतमा जाली नोटको बिगबिगीको आयतन कति छ, त्यो सार्वजनिक नभए पनि कुनै पनि मुलुकको वैधानिक मुद्रासमक्ष उपस्थित हुने त्यो सबभन्दा ठूलो खतरा हो ।

यो प्रकरणले हालको लागि जाली नोटबाट बजार तथा अर्थतन्त्र प्रभावित हुने खतरा रोकेको छ । तर कालो धनका विविध रूपमा ‘नोट'सँगै अरू प्रवृत्ति तथा सम्पत्ति पनि हुने गर्छन् र त्यसमा सरकारले कसरी उपयुक्त तथा समन्वयात्मक कदम उठाउँछ, त्यसले घोषित लक्ष हासिल गर्न मद्दत पुर्‍याउनेछ ।

यो घटनाले भारतका आम जनता र सानो अर्थतन्त्र समूहका संग्रहकर्तामा ठूलो विपद् ल्याएको छ । तिनीहरूको नोटको सटही कति व्यवस्थित र सहज हुन्छ, त्यसबाट सरकारप्रति जनताको सहयोग या असहयोग आकर्षित हुनेछ ।

भारतीय मुद्रासँग नेपाली मुद्राको प्रत्यक्ष सम्बन्ध (पेगिङ) को आधिकारिक र औपचारिक व्यवस्था रहेको र नेपालको सीमावर्ती सहर तथा क्षेत्रमा भारतीय नोट खुलारूपमा चल्ने भएकाले यहाँको भोगाइ सामान्य र आम भारतीयहरूको भोगाइभन्दा फरक देखिँदैन ।

नेपाल राष्ट्रबैंकमा दुई करोड रुपैयाँको सञ्चितीसँगै अन्य बैंकहरूमा पनि ‘डिपोजिट'या भारतीय नोट उल्लेख्य आधारमा हुनु अस्वाभाविक हैन । त्यससँगै ठूलो संख्यामा रहेका भारतीय सेनाबाट अवकाश प्राप्त नेपालीहरू व्यापारी र औषधोपचारको लागि भारतीय मुद्रा संग्रह गरेकाहरूका लागि सटही व्यवस्था सुलभ बनाउने दायित्वबाट सरकार पन्छिन मिल्दैन । नेपालमा भारतीय नोटको संग्रह या प्रचुरतालाई अहिलेको व्यवस्थाअन्तर्गत अवैध भन्नु जायज हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.