इलेक्ट्रो टेक प्रदर्शनीको आयोजा हुँदै

इलेक्ट्रो टेक प्रदर्शनीको आयोजा हुँदै

काठमाडौंः नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी ‘निक इलेक्ट्रो टेक २०१६’ हुन गइरहेको छ । विद्युत् तथा विद्युतीय व्यवसायको विकास एवं व्यापारको सहजीकरणका लागि प्रदर्शनीको आयोजना गर्न लागिएको प्रत्रकार सम्मेलनमार्पmत जानकारी गराइएको छ । प्रदर्शनी यही मंसिर तीन गतेदेखि सात गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा आयोजना हुनेछ ।

कार्यक्रममा बोल्दै नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष एवं प्रदर्शनीका संयोजक तेजनारायण खरेलले प्रदर्शनीले देशको आर्थिक, औद्यौगिक तथा व्यापारिक क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनले प्रदर्शनीमार्फत उद्योगी, व्यापारी एवं उपभोक्तामाझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्न टेवा पुर्‍याउने विश्वास लिएको बताए । साथै गत वर्षको प्राकृतिक प्रकोपपछि मुलुक अब पुनर्निमाणतर्फ अग्रसर भइरहेको अवस्थामा सम्पूर्ण विद्युतीय व्यवसायीकोतर्फबाट सुरक्षित एवं गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोग होस् भनी सम्बन्धित सबै निकायलाई सचेत गराउन ‘सुरक्षित पुनर्निमाण’ भन्ने मुल नाराका साथ ‘निक इलेक्ट्रो टेक २०१६’ को आयोजना हुने उनले जानकारी दिए । वार्षिक ७० करोडको कारोबार हुने यस क्षेत्रको विकासका लागि कार्यक्रमले प्रभावकारी मूमिका खेल्न मद्दत गर्नेछ ।

नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) टाइटल स्पोन्सर रहेको यस प्रदर्शनीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा विद्युतीय व्यवसायी एवं उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यवसायको प्रवद्र्धन गर्नुका साथै यस क्षेत्रमा भएका नवीनतम् उपलब्धीबारे सूचना आदान–प्रदान गर्ने छ ।

प्रदर्शनीमा उर्जा उत्पादन मेसिन, ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल तथा कन्डक्टर, घरायसी उपकरण, लाइटिङ, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्री रहनेछन् । सेल्स एरियामार्फत सामानको बिक्रीवितरण गर्ने योजना रहेको खरेलले बताए ।

यस संस्करणमा स्नाइडर, लेग्रो, एचपीएल, सी एन्ड एस, फिलिप्स, हेभल्स, सिमेन्स, एल एन्ड टी, क्रम्टन, उषा, इलेक्ट्रा इलेक्ट्रिक, ओरियन्ट, निक, सीजी, हिमस्टार, राठीलगायतका सयभन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीको सहभागिता रहने प्रदर्शनीमा साना–ठूला गरी एक सय १४ स्टल रहने छन् ।

प्रदर्शनीलाई सहभागीता एवं सूचनामुलक बनाउनका लागि प्रत्येक दिन विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तक्र्रिया कार्यक्रमसमेत आयोजना हुने आयोजकले जनाएको छ । प्रवेशका लागि सर्बसाधारणलाई एक सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको उक्त प्रदर्शनीमा एक लाख आगन्तुकले अवलोकन आयोजकको विश्वास रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.