कात्तिक मसान्तसम्म संविधान संशोधन दर्ता

कात्तिक मसान्तसम्म संविधान संशोधन दर्ता

काठमाडौँ : सरकारले मधेसलगायतका पक्षहरुलाई सम्बोधन गर्न कात्तिक मसान्तसम्म संविधान संशोधन प्रस्ताव संसद्‌मा दर्ता गराउने भएको छ।

संशोधनको मस्यौदामा अन्तिम चरणको गृहकार्य भइरहेको जानकारी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको चौँथो वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेसनको शुक्रबार उद्घाटन गर्ने क्रममा निधिले भने–'कात्तिक मसान्तसम्ममा संविधान संशोधन प्रस्ताव दर्ता गराउन प्रमुख प्रतिपक्षी दलसँग छलफल भइरहेको छ ।'

संविधान संशोधन गरी निर्वाचन गराउने कार्य सरकारको प्राथमिकता रहेको बताउँदै भने, 'संविधान संशोधन गरेर समयमै चुनाव गराउन सरकार लागिपरेको छ।'

उपप्रधान मन्त्री निधिले प्रदेशको सीमाङ्कन, राष्ट्रियसभा गठन, नागरिकता र भाषा लगायतका विषयमा संविधान संशोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए।
सुनको महत्व परम्परागत रुपमा मात्र नभएर मुलुकको सवल अर्थतन्त्र निर्माण तथा नोट निष्काशनमा समेत रहेकाले यस क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताउँदै उनले भने,–राष्ट्रिय राजनीति स्थिर भए मात्र मुलुकका सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका,नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यलगायतले बोलेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.