सुरु भयो एकादेशमा

सुरु भयो एकादेशमा

काठमाडौः अन्तर्राष्ट्रिय लघुचलचित्र महोत्सव ‘एकादेशमा' शुक्रबारदेखि काठमाडौंको कमलपोखरीस्थित कुमारी सिनेमा हलमा सुरु भएको छ । लघुचलचित्रको विश्लेषण, प्रदर्शनी र अन्तक्रियासहित तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन दुई नेपाली एवं स्विट्जरल्यान्ड, क्यानडा र भुटानका एकएक गरी पाँचवटा चलचित्र प्रदर्शन गरिएको थियो ।

प्रदर्शित दुई नेपाली छोटो चलचित्रमा पूजा गुरुङ र विभूषण बस्नेत निर्देशित ‘दाद्या' र सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा' रहेका थिए । त्यसैगरी क्यानडेली निर्देशक मार्टिन इडरलिनको ‘होले', स्विस निर्देशक फ्रान्सेस्का एकालिसी र मार्क आलेजाको ‘मोरिम' एवं भुटानी निर्देशक डेचेन रोडरको ‘लो सुम चो सुम' रहेका थिए ।

नेपालमा कमैमात्र प्रदर्शन हुने भुटानी चलचित्रलाई दर्शकले निकै रुचाए । उदीयमान भुटानी चलचित्र उद्योगलाई महोत्सवमा विशेष महत्व दिइएको छ । बलिउडको प्रभाव हुँदाहुँदै पनि भुटानका केही चलचित्रकर्मीले आफ्ना कलाद्वारा अन्तर्राष्ट्रिय तहमा पहिचान छाड्न खोजिरहेको छ । आयोजकले दिएको जानकारी अनुसार महोत्सवमा भुटानी प्रयासलाई सम्मान गर्दै ६ वटा चलचित्र प्रदर्शन गरिने भएको छ ।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले एकादेशजस्तो अन्तर्राष्ट्रिय छोटो चलचित्र महोत्सव खासगरी अलग धार र सिर्जनशील चलचित्रका लागि राम्रो प्लेटफर्म भएको बताए । महोत्सवको यो चौथो संस्करण हो जसमा संसारभरका ३० मिनेटभन्दा कम समयका ७८ वटा लघुचलचित्र सहभागी छन् ।

महोत्सवमा २१ वटा नेपाली लघुचलचित्र छनोटमा परेका छन् ।

महोत्सवलाई उदीयमान चलचित्रकर्मी र चलचित्रका विद्यार्थीलाई आफ्नो सिर्जना र प्राविधिक दक्षता अभिव्यक्त गर्ने अवसरका रूपमा लिइएको छ । आयोजकले जनाएअनुसार महोत्सवमा सात सयभन्दा बढी चलचित्रले सहभागिताका लागि निवेदन दिएका थिए । सहभागीमध्ये १६ वटा चलचित्र यही महोत्सवमार्फत वल्र्ड प्रिमियर हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.