मिसेल र मेलिनियाबीच भलाकुसारी

मिसेल र मेलिनियाबीच भलाकुसारी

अमेरीकाः अमेरिकाको शक्तिकेन्द्र ह्वाइट हाउसबाट बिदा हुन लागेका र ह्वाइट हाउस प्रवेश गर्न लागेका दुई प्रथम महिलाबीच शुक्रबार भेटवार्ता भएको छ ।

प्रथम महिलाले के के जान्न आवश्यक छ भन्ने कुरा आफैंले बुझ्न आवश्यक हुन्छ । यही प्रसंगमा फेसन आइकनका रूपमा समेत ख्याति कमाएकी मिसेल ओबामा र एक समयकी चर्चित मोडेल मेलानिया ट्रम्पको भेट बाराक ओबामा र डोनाल्ड ट्रम्पको भेटजत्तिकै चर्चित बनेको छ ।

भेटका क्रममा प्रथम महिलाका रूपमा आठ वर्षको अनुभव सँगालेकी मिसेल ओबामाले मेलानियालाई ‘बेस्ट अफ द बेस्ट’ वुमन भनेकी छन् । उनीहरूबीच रमाइलो कुराकानी भएको थियो । दुवैजना निकै आकर्षक देखिएका थिए । भेटमा मेलानियाले मिसेललाई निकै ध्यानपूर्वक सुनेकी थिइन् ।

मिसेलले भने उनलाई औपचारिक र व्यावहारिक कुराका बारेमा बयान गरेकी थिइन् । सो अवसरमा मिसेलले मेलानियालाई पतिको चुनावी प्रचारमा नदेखिनुको कारण पनि सोधेकी थिइन् । मेलानियाले आफ्नो साथमा १० वर्षीया छोरा ब्यारोन भएकाले उसैको रेखदेखमा व्यस्त भएको बताएकी थिइन् ।

प्रथम महिला भएपछि धेरै उत्तरदायित्व वहन गर्नुपर्ने मिसेलको अनुभवलाई मेलानियाले आत्मसात् गरेकी थिइन् । ७० वर्षीया डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनावमा विजय हासिल गरेपछि उनकी तेस्री पत्नी ४६ मेलानिया ट्रम्पले अमेरिकी प्रथम महिला बन्ने अवसर पाएकी हुन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.