कल्याणको कलाकार जीवन

कल्याणको कलाकार जीवन

हास्यकलाकार कल्याण रानामगर टेलिभिजनमा छाइरहने कलाकार हुन् । प्रत्येक बुधबार राति टीभी टुडेबाट प्रसारण हुने टेलिसिरियल 'ढुक्क'मा उनी भेटिन्छन् । आफ्ना बाबुबाट प्रभावित भएर कला क्षेत्रमा लागेको बताउँछन् उनी ।

कल्याणका बाबु बलराम रानामगर पनि कलाकार नै थिए । बाबुले विभिन्न जिल्ला घुमेर स्टेज कार्यक्रम देखाउँदै हिँडेको उनी आज पनि सम्झन्छन् । 'बुवा राम्रो कलाकार हुनुहुन्थ्यो, उहाँकै बिँडो थामे मैले', उनी भन्छन् । कल्याणले औपचारिक रूपमा कहिल्यै पनि अभिनय वा नृत्यको तालिम लिएनन् । बाबुको नाच हेरेरै सिके उनले ।

आज पनि कुनै पनि सो हुनुअगाडि आफैं अभ्यास गर्ने गर्छन् । कुनै पनि गीतको शब्द र भाव बुझेपछिमात्र त्यसमा नृत्य अभ्यास गर्ने बानी छ उनको । ऐनाअगाडि उभिएर अभ्यास गर्ने बानी छ उनको । गीतको भाव अनुहारमा झल्काउन सके दर्शक भित्री मनदेखि नै खुसी भएर हाँस्ने, नत्र कलाकारकै हाँसो उडाउने उनको अनुभव छ ।

कल्याण गेटअपमा पनि सचेत छन् । कुनै पनि सोमा जाँदा उनी आफूलाई चाहिने क्याप, हाफ पाइन्ट, भेस्ट, इस्टकोट र टाई आफैं लान्छन् । उनको मेकअप स्टाइल फरक छ । उनी पाउडर, गाजल र लिपस्टिक लगाउँछन् । लिपस्टिक ओठमा मात्रै नभई दर्शकलाई हँसाउन आँखावरिपरि पनि दल्ने गर्छन् । यस्तो गेटअप र मेकअपका साथ उनको कमेडी नृत्य देखेर नहाँस्ने कमै हुन्छन् ।

कल्याणको कलायात्रा नाटकबाट सुरु भयो । गुरु आनन्द थापाको प्रेरणामा उनले राष्ट्रिय सभा गृहमा 'मान्छेले मान्छेलाई नचिन्दा' नामको पहिलो नाटकमा अभिनय गरेका थिए । त्यसपछि डीबी गुरुङको 'सन्ध्याको एक रात'मा अभिनय गरेपछि उनले टेलिचलचित्रमा ब्रेक पाए ।

अमृत शर्माको निर्देशन र उनकै निर्माणमा बनेको 'जिउँदो सहिद' टेलिचलचित्रमा बसुन्धरा भुसाल, राजाराम पौडेललगायतका कलाकारसँग अभिनय गरे उनले । त्यसपछि लगातार करुणा, गंगा, लौन भुतुक्कै पार्‌यो, आम्मै, ५२ घुस्सा ५३ ठक्करलगायतका थुप्रै सिरियलमा उनले कुशल अभिनय प्रस्तुत गरे । ठूलो पर्दामा भने 'करोडपति', 'विषालु' लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।

उनको मेकअप स्टाइल फरक छ । उनी पाउडर, गाजल र लिपस्टिक लगाउँछन् । लिपस्टिक ओठमा मात्रै नभई दर्शकलाई हँसाउन आँखावरिपरि पनि दल्ने गर्छन् ।

पेसाले सरकारी जागिरे हुन् उनी । २०५५ सालमा स्थानीय विकास मन्त्रालयअन्तर्गतको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट जागिरे जीवन सुरु गरे । अहिले महिला मन्त्रालयमा संघसंस्था शाखामा कार्यरत छन् । जागिर र कलाकारितामा समय व्यवस्थापन गर्न सिपालु छन् उनी । उनलाई अलि गाह्रै पर्छ तर पनि शुक्रबार हाफ छुट्टीपछि सुटिङमा निस्केर आइतबार जागिर भ्याउने गर्छन् उनी ।

इच्छा भए उपाय अनेक भन्नेमा विश्वास गर्ने कल्याणको नृत्यप्रतिको लगाव सानैदेखिको हो ।सुरुमा उनी विद्यालयमा नृत्य सिकाउँथे । पछि गएर रेस्टुरेन्टमा नाच्ने कामसमेत गरे । त्यसपछि नाटक र अनि विभिन्न टेलिचलचित्र र चलचित्रमा हास्य अभिनेताको भूमिका खेल्न थाले ।

मह जोडी, जितु नेपाल, शैलेन्द्र सिम्खडा, राजाराम पौडेल, किरण केसीलगायतका कलाकार मन पराउने कल्याण हिजोआज हास्यकलाकारले बजारभाउ पाएकोमा प्रसन्न छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.