संविधान संशोधनबारे प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

संविधान संशोधनबारे प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

काठमाडौँ: संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिमरुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा उनीहरुबीच संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

संविधानमा तराई केन्द्रित दलले समानुपातिक समावेशीता र नागरिकतालगायतका विषयमा असन्तुष्टि राख्दै संविधानको दोस्रो संशोधनको माग गर्दै आएका छन्।

प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाएका छन्।

यसअघि शुक्रबार कांग्रेस सभापति देउवाले प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संविधान संशोधनका विषयमा छलफल गरेका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.