बिना एजेन्डा संविधान संशोधनको पक्षमा छैन'
लहानः नेकपा (एमालें)का महासचिव ईश्वर पोखरेलले बिना एजेन्डा संविधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।
सिरहाको चोहर्वामा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान किन र कसका लागि संशोधन गर्ने प्रष्ट नभएसम्म संविधान संशोधनका लागि आफ्नो पार्टीले नसघाउने स्पष्ट पारे ।
महासचिव पोखरेलले संविधान संशोधनको नाउँमा सरकारको ‘नजर कहीँ, निशाना कहीँ’ भएको टिप्पणी गर्दै संविधान संशोधनको औपचारिक प्रस्ताव नै अहिलेसम्म नआएको दाबी गरे ।
संविधान संशोधन गर्नुपर्ने खास एजेन्डा के हो ? त्यसको जानकारी आएको छैन् उनले भने ‘किन र केका लागि संविधान संशोधन गर्नुपर्ने हो ? त्यो प्रष्ट पार्नुपर्छ, अनि मात्रै संविधान संशोधनबारे सोच्न सकिने छ ।’ रासस