ट्रम्पले ओबमाको स्वास्थ्य नीतिलाई निरन्तरता दिने
एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बराक ओबमाको स्वास्थ्य नीतिलाई निरन्तरता दिने संकेत दिएका छन् ।
राष्ट्रपति निर्वाचित भएपछि वालस्ट्रिट जर्नललाई दिएको अन्तरवार्तामा उनले यस्तो संकेत दिएका हुन् । चुनाव अभियानमा भने उनले २०१० मा ओबमाले ल्याएको स्वास्थ्य नीतिलाई पुरै खारेज गर्ने घोषणा गरेका थिए । उनले यसलाई सम्पूर्ण विपत्तिको संज्ञा दिएका थिए ।
तर निर्वाचित भइसकेपछि यसका केही राम्रा पक्षलाई निरन्तरता दिने बारेमा आफूले सोचिरहेको बताएका छन् । बिहीबार ट्रम्पसँगको भेटवार्तामा पनि ओबमाले यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । ओबमाको यो नीतिमा अमेरिकी नागरिकलाई सहुलियत दरमा स्वास्थ्य बिमाको सुविधालगायतको व्यवस्था छ । यो नीति ओबमाकेयर' को रुपमा चर्चित छ।
ट्रम्पले 'ओबमाकेयर' बारे आफूले पुनरविचार गर्ने बताएका छन्।