आरामका लागि प्रधानमन्त्री प्रचण्ड सुकुटेमा

आरामका लागि प्रधानमन्त्री प्रचण्ड सुकुटेमा

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि शनिबार दिउँसो सुकुटे पुगेका छन् । प्रचण्ड आरामका लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड सिन्धुपाल्चोकका सुरक्षा अधिकारी र प्रशासनलाई जानकारी नै नदिइ सुकुटे पुगेका थिए । प्रचण्ड विशेष निर्णय गर्नुपर्दा एकान्तमा जाने गर्छन् । पछिल्ला दिनमा संविधान संशोधन, अख्तियार प्रमुखमाथिको महाअभियोगको प्रस्ताव लगायत जटिल विषयमा निर्णय गर्नुपर्ने बेलामा प्रधानमन्त्री सुटुक्क सुकुटे पुग्नुलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने, ‘आरामका लागि सुकुटे आउनु भएको हो । आज आराम गरेर भोली राजधानी फर्कने कार्यक्रम छ।’

दाहाल पार्टी अध्यक्ष हुँदा पनि पटक–पटक सुकुटे बीच रिसोर्टमा गएर आराम गर्ने गर्थे । प्रचण्ड पत्नी सीतासहित उनका प्रमुख स्वकीय सचिव महरा र स्वकीय सचिव समेत रहेका पुत्र प्रकाश दाहाल गएका छन् ।

सुकुटे जानु अघि प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकका माओवादी केन्द्रका नेतालाई पनि जानकारी दिएका थिएनन् । प्रधानमन्त्री दाहाल सुकुटेपुगेपछि भने सिन्धुपाल्चोकका माओवादी केन्द्रका नेताहरु त्यहाँ पुगेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.