बङ्लादेशमा ट्रक दुर्घटना, पाँच प्रहरीसहित सातको मृत्यु

बङ्लादेशमा ट्रक दुर्घटना, पाँच प्रहरीसहित सातको मृत्यु

ढाका: बङलादेशको बोग्रा क्षेत्रमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।

आइतबार विहान राजधानी ढाकादेखि एक सय ९७ किलोमिटर उत्तर तर्फ पर्ने ठाँउमा भएको दुर्घटनामा मृत्यु हुनेमा पाँच जना प्रहरी रहेको जनाइएको छ । प्रहरीले मृतकहरुको नाम सार्वजनिक गरेकोे छैन।

घटनामा परी अन्य ६ जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ। प्रहरी अधिकारीसहित ढाकामा सामान लिन हिडेको ट्रक र विपरित दिशाबाट आएको अर्को एक ट्रक एक आपसमा जुध्दा दुर्घटना भएको प्रहरीको भनाइ छ।

स्थानीय समय अनुसार गएराति १ बजेतिर दुर्घटना भएको हो। घटनाको कारण पनि अहिलेसम्म एकीन नभएको तर अनुसन्धान अगाडी बढेको प्रहरी अधिकारीले जनाएका छन्। बङ्गलादेशमा सवारी दुर्घटनाका कारण हरेक बर्ष हजारौ मानिसको मृत्यु हुने गरेको छ। यहाँ खराव अवस्थाको बाटो, मर्मत नगरिएको सवारी साधन, ट्राफिक नियमको उलङ्घन, अनुगमनको अभाव लगायतका कारणले बढी दुर्घटना हुने गरेकोे छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.