निर्माण क्षेत्रमा दक्ष कामदार अभाव

निर्माण क्षेत्रमा दक्ष कामदार अभाव

काठमाडौंः निर्माण क्षेत्रमा दक्ष कामदारको अभाव भएको छ । अनुभवी अपरेटर विदेश पलायन हुने क्रम बढेपछि दक्ष कामदार अभाव हुँदै गएको हो ।

मेकानिक र अपरेटरले विदेशमा आकर्षक पारिश्रमिक पाउने भएकाले उनीहरूको रोजाइ वैदेशिक रोजगारी हुने गरेको निर्माण व्यवसायीको दाबी छ । दक्ष, अनुभवी मेकानिक र अपरेटर वैदेशिक रोजगारीमा गएपपछि गुणस्तरीय काम गर्न नसकिएको व्यवसायी बताउँछन् ।

नेपालको निर्माण क्षेत्रमा एक लाखभन्दा बढीले रोजगारी पाएका छन् । त्यसमध्ये ४० हजारभन्दा बढीले मेसिनसँग प्रत्यक्ष जोडिएर काम गर्छन् । मेकानिकले ४० देखि ५० हजारसम्म कमाउने गर्छन् । अपरेटरले १० हजार मासिक तलब, दैनिक १५ सय भत्ता र खान बस्न पाउँछन् ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले मेकानिक तथा अपरेटरलाई आकर्षक तलब दिने गर पनि दक्ष र अनुभवी कामदार पाउन कठिन भएको बताए । ‘काम सिकेका अधिकांश मान्छे वैदेशिक रोजगारीमा जाने चलन बढेकाले निर्माण क्षेत्रमा सधैं काम चलाउको भरमा काम गर्नुपरेको छ' ,उनले भने ।

नेपालमा अत्याधुनिक मेसिन भित्रिरहे पनि कम्प्युटरबाट त्रुटि पत्ता लगाउने अपरेटर नहुँदा समस्या बढ्दै गएको कुँवरको भनाइ छ । ‘अनुभवीलाई रोक्ने हाम्रो प्रयास जारी छ, तैपनि उनीहरूको रोजाइ वैदेशिक रोजगारी हुने गरेको छ', उनले भने ।

निर्माण क्षेत्रमा ९ महिना लगातार काम हुन्छ । साउन, भदौ, असोजमा वर्षातका कारण काम प्रभावित हुने गरे पनि कात्तिकदेखि असारसम्म काम नियमित हुने गर्दछ । चैत्र, वैशाख, जेठमा अत्यधिक काम हुने हुँदा अपरेटरको कमाइ आकर्षक हुने गर्दछ ।

अनुभवी अपरेटर विदेश पलायन हुने क्रम बढेपछि दक्ष कामदार अभाव हुँदै गएको हो । नेपालको निर्माण क्षेत्रमा एक लाखभन्दा बढीले रोजगारी पाएका छन् ।

महासंघका अनुसार एक्साभेटर, ब्याकहो लोडर, क्रेन, रोलर, ग्रेडर, बुल डोजर, बे्रकरलगायतका १० हजारवटा मेसिन नेपाल भित्रिएका छन् । एउटा मेसिनमा मेकानिक, अपरेटर, हेल्पर, रेखदेखमा गरी १० जना कामदारले काम गर्छन् । अन्य क्षेत्रभन्दा जलविद्युत्, सिमेन्ट, उद्योग क्षेत्रमा मेसिन प्रयोगमा आउने गर्दछ ।

महासंघका अध्यक्ष कुँवरका अनुसार गाउँमा मेसिन साहुभन्दा अपरेटरको सम्मान हुने गरेको अनुभव सुनाए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले कामदारको अभावमा निर्माण क्षेत्र प्रभावित हुने गरेको बताए । ‘विकास निर्माणमा मजदुरको भूमिका महत्वपूर्ण हुन्छ', उनले भने ।

कामदारलाई दक्ष बनाउन विभिन्न समयमा तालिम दिने गरेको उनले सुनाए ।उता हेभी इक्विपमेन्ट व्यवसायी महासंघले पनि अपरेटर तालिम दिने गरेको छ । २५ हजार शुल्क लिएर तालिम दिने गरेको अध्यक्ष कुँवरले बताए ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.