किवीखेतीमा किसान आकर्षित
बेसीसहरः लमजुङका साना किसान पछिल्लो समय किवीखेतीतर्पm आकर्षित हुन थालेका छन् । बजारमा यसको माग र मूल्य बढि भएपछि किसानहरू धमाधम किवीखेतीमा आकर्षित भएका हुन् । लमजुङमा केही वर्षअघि परीक्षणका लागि लगाइएको किवीखेती सफल भएपछि किसान उत्साहित भएका हुन् ।
जिल्लाका किसानले किवीका बिरुवा माग गर्न थालेपछि जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा ५ सय बिरुवा उपलब्ध गराउने कार्यक्रम तय गरेको छ ।
‘किसानको माग त बढी नै छ,' जिल्ला कृषि विकास कार्यलय लमजुङका बागवानी विकास अधिकृत ज्ञानेन्द्र अधिकारी भन्छन्, ‘आगामी वर्ष किवीखेतीसम्बन्धी थप कार्यक्रम तय गर्ने सोचाईमा छौं ।'
यता किसानहरूले किवीखेतीको प्रवद्र्धनमा जिल्ला कृषि विकास कार्यालय लमजुङको खासै ध्यान जान नसकेको आरोप लगाउँदै आएका छन् । ‘अघिल्ला वर्षमा किवीखेतीसम्बन्धी कार्यक्रम नै थिएन, चितीका एक किसान भन्छन्, ‘ अहिले पनि बिरुवामा अनुदान दिने बाहेक केही कार्यक्रम हुन सकेको छैन ।'
किवीखेतीसम्बन्धी प्राविधिक ज्ञान नहुँदा किसान अन्योलमा परेका छन् । ‘प्राविधिक ज्ञान नहुँदा किवीखेती गर्न इच्छुक किसान समस्यामा छन्, घ्रामाङमा किवीखेती गर्दै आएका गमप्रसाद गुरुङ भन्छन्, ‘व्यावसायिक रूपले किवीखेतीमा लागेका किसानलाई तारजालीलगायत आवश्यक सामग्री अनुदान दिने व्यवस्था गरिनुपर्छ ।'
किवीखेतीलाई ‘ए', ‘बी' र ‘सी' ग्रेडमा विभाजन गरिन्छ । फल बाहेक किवीको जाम, जुस, जेली, वाइन र कस्मेटिक सामग्री बनाउन सकिन्छ । लमजुङमा घाम्राङ, हिलेटक्सार, खाँचे, घेर्मु, चिती, भोटेवडारलगायतका ठाउँमा व्यावसायिक किवीखेती भइरहेको छ ।
जापानको रैथाने गुणकारी फललाई ‘किवी' चराले चीन, नेपाल र न्युजिल्याण्ड पुर्याएको मानिन्छ । किवीको सबैभन्दा ठूलो व्यावसायिक खेती पनि न्युजिल्याण्डमै छ । न्युजिल्याण्डबाट भारतमा मात्रै वार्षिक २ अर्ब अमेरिकी डलर बराबरको किवी आयात हुने गरेको बताइन्छ । स्वाद र गुणका कारण महँगो फलमा दरिएको किवीको मूल्य प्रतिकेजी पाँच सयभन्दा बढी पर्दछ ।
समुद्री सतहबाट ८ सयदेखि २ हजार मिटर उचाइको पहाडी क्षेत्रमा किवीखेती गर्न सकिन्छ । निर्यातयोग्य किवी उत्पादनका लागि एकहजारदेखि दुईहजार मिटर उचाइको जमिन उपयुक्त हन्छ । रोपेको एक वर्षपछि फल्न सुरु गर्ने किवीले ६० वर्षसम्म निरन्तर फल दिइरहन्छ ।
एक रोपनी जमिनमा ५० बोट रोप्न सकिन्छ भने एक बोटमा एकसय केजीसम्म फल्छ । प्रतिरोपनी वार्षिक सरदर एक लाख आय दिनसक्ने किवीसँगै बेसार, अदुवा, कुरिलो लगायतका मि िश्रत खेती गर्न सकिने जिल्ला कृषि विकास कार्यलय लमजुङका बागवानी अधिकृत ज्ञानेन्द्र अधिकारीले बताउँछन् ।
सरकारले विशेष प्राथमिकताका साथ व्यावसायिक रुप दिएर पाँच लाख हेक्टरमा किवी खेती गर्दा वर्षेनी ५ खर्बको किवी निर्यात गर्न सकिने बताइन्छ ।