सानिमा बैंकद्वारा घाँस काट्ने उपकरण प्रदान
काठमाडौंःसानिमा बैंकले नक्सालस्थित नन्दीकेशर बगैंचालाई घाँस काट्ने उपकरण प्रदान गरेको छ ।
बैंकले नन्दीकेशर बगैंचाको सुन्दरता कायम राख्नका लागि सामुदायिक केन्द्र नक्साललाई घाँस काट्ने उपकरण प्रदान गरेको हो ।
११ औं महानगरीय प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठलाई घाँस काट्ने उपकरण प्रदान गरेको बैंकले जनाएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सानिमा बैंकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको छ ।