पोखरा फाइनान्सको १०० दिने मुद्दती योजना
काठमाडौंः पोखरा फाइनान्सले १०० दिने मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।
व्यक्तिगत निक्षेपकर्ताका लागि वार्षिक ८.५ प्रतिशत व्याजदरमा १०० दिने मुद्दती निक्षेप योजना ल्याएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।
चुक्ता पुँजी ४९ करोड ११ लाख १९ हजार २०० रहेको यस वित्तीय संस्थाको हालै सम्पन्न २०औं वार्षिक साधारण सभाद्वारा आर्थिक वर्ष २०७२÷७३ का लागि चुक्ता पुँजीको कुल १४.२१ प्रतिशत मुनाफा वितरण स्वीकृत गरिसकेको छ । कम्पनीले एक सय ५५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको गुरुङले बताए ।