मधेसी मोर्चाद्वारा संसद् बैठक बहिष्कार

मधेसी मोर्चाद्वारा संसद् बैठक बहिष्कार

काठमाडौंः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बैठक बहिष्कार गरेको छ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भए लगत्तै मोर्चाका नेता एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बोले लगत्तै मोर्चामा आबद्ध दलका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्।

विशेष समय लिएर बोल्दै सांसद कर्णले सरकार गठनका बेला मधेसी मोर्चासँग भएका तीन बुँदे सहमति कार्यान्वयन नभएसम्म बैठक बहिष्कार गर्ने बताए।

कर्णले मधेसी, जनजाती, आदिवासी लगायतको माग अनुसार संविधान संशोधन गरेर भएपनि संविधान सर्वस्वीकार्य बनाउने प्रतिबद्धता सरकारले जनाएपनि अझै कार्यान्वयनमा ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरे। उनले संविधान संशोधन प्रस्ताव तत्काल ल्याउन पनि सरकारसँग माग गरे।

यसअघि शुक्रबार बसेको संसद बैठक पनि मधेसी मोर्चाले बहिष्कार गरेको थियो। संसद बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.