कोइरालालाई पचास लाख दिइएकामा सांसदको आपत्ति

कोइरालालाई पचास लाख दिइएकामा सांसदको आपत्ति

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट ५० लाख रुपैयाा सहयोग दिइएकामा आपत्ति जनाएको छ ।

व्यवस्थापिका–संसद्को सोमबार बैठकको विशेष समयमा बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्यविधि नै नबनाई मनलाग्दी तबरले राज्यकोषबाट रकम वितरण गरिएकाले त्यसले जनतामा नराम्रो सन्देश गएको बताए ।

‘जनता सिटामोल नपाएर मरिरहेका बेला पहुँचवाला व्यक्तिलाई रकम दिने विषय एकदमै नकारात्मक छ । मापदण्ड नै नबनाई रकम बाँडिनु पूर्णतः गलत छ ।’ उनले भने ।

वर्तमान सरकार गठन भएलगत्तै पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ६० लाख रकम बाँडिएको, उनका सहयोगीलाई समेत रकम र भत्ता प्रदान गरिएको तर रोल्पाकी एक महिला उपचार रकमको अभावमा भैरहवामा निधन हुनु कसरी तालमेल भयो भन्दै सांसद ज्वालाले आपत्ति जनाए ।

उपचार रकम नै दिनुपर्ने भए व्यवस्थित कार्यविधि बनाएरमात्रै दिन र मनलाग्दी तबरले राज्यकोषको रकम नबाँड्न उनले सरकारको ध्यानाकर्षण गराए ।

यस्तै राप्रपा नेपालका सांसद दिलनाथ गिरीले पनि पहुँचका आधारमा राज्यकोषको रकम वितरण गर्ने प्रवृत्ति गलत भएको भन्दै स्वास्थ्यमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

उनले स्वास्थ्यमन्त्रीले कार्यविधि ल्याउन लागेको भनेर प्रचार गराउने तर आफ्नै पार्टीका नेतालाई रकम वितरण गर्ने प्रवृत्ति पूर्णतः गलत भएको धारणा राख्े ।

राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले उपचारको अभावमा अस्पतालबाट हामफालेर मर्नुपर्ने, रोल्पाकी महिला उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने तर पूर्वमन्त्रीजस्ता व्यक्तिलाई दबाबका आधारमा राज्यकोषबाट रकम दिने प्रवृत्ति गैरकानुनी र समानताको हकविपरीत रहेको बताए ।

नेकपा माओवादी केन्द्रका सांसद दुलारी हरिजनले छठ पर्वको समयमा सार्वजनिक पोखरीमा नुहाउनसमेत नदिएको भन्दै दोषीउपर कारबाही गर्न माग गर्नुपर्ने बताए ।

नेपाली काँग्रेसका सांसद ईश्वरी न्यौपाने धान काट्ने समयमा किसानले धानको उचित मूल्य नपाएको भन्दै धानको समर्थन मूल्य तोक्न र सरकारले नै धान उत्पादन हुने क्षेत्रमा काँटा राखेर खरिद गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (माले)का सांसद चन्द्रप्रकाश (सिपी) मैनालीले आवश्यकताका आधारमा मात्रै संविधान संशोधन गर्न आग्रह गरे । उनले राज्यका महत्वपूर्ण पदमा अङ्गीकृत नागरिकलाई कुनै पनि स्थान दिन नहुने र हचुवाका आधारमा राज्य पुनःसंरचना गर्न नहुने धारणा राखे ।

नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापाले भूकम्पपीडित जनताले हालसम्म राहत रकम नपाएको, स्वास्थ्यकर्मीको अभावमा नागरिक उपचार नपाएर मर्नुपरेको भन्दै गुनासो गरिन् । उनले आफ्नो सम्पत्ति भएकालाई राज्यकोषबाट रकम दिने व्यवस्था तत्काल अन्त्य गर्न आग्रह गरिन् ।

नेकपा (एमाले)का सांसद चूडामणि जङ्गलीले वैदेशिक रोजगार कार्यालयमा मध्यरातसम्म लाइनमा बस्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले बोर्डको कार्यालय मुलुकका विभिन्न स्थानमा विस्तार गर्न र सहज रुपमा सेवा प्रदान गर्न र वैदेशिक रोजगारीमा जाने युवालाई सहज रुपमा कागजी प्रक्रिया पूरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.