अाफ्नै फोटो हटाउन साहरुखकी पत्नीले गरिन् ५ हजार डलरको अफर

अाफ्नै फोटो हटाउन साहरुखकी पत्नीले गरिन् ५ हजार डलरको अफर

काठमाडौंः बलिउडका सुपरस्टार शाहरुख खानकी पत्नी गौरी खानले आफ्नै तस्बिर मेटाउन पाँच हजार रुपैयाँको अफर गरेकी छन्।

भर्खरै एक प्रख्यात म्याग्जिनमा छापिएको उनको तस्बिर मेटाउन फोटोग्राफरलाई उनले पाँच हजार रुपैयाँको अफर गरेको बताइएको छ। गौरी नयाँ शोरुमको लागि जग्गा खोजी गरिरहेको बेला कुनै फोटोग्राफरले उनको फोटो खिचेका थिए।

तर, उनले आफ्नो फोटो क्लिक भएको थाहा पाएपछि बडीगार्डलाई फोटो मेटाउन भनेकी थिइन् । तर फोटोग्राफरले उनको फोटो मेटाउन अस्वीकार गरेपछि गौरी आफैं उनको नजिक गएर अनुरोध गरेकी थिइन्। जति अनुरोध गरे पनि फोटोग्राफर नमानेपछि फोटोग्राफरलाई पाँच हजार रुपैयाँको अफर गरेकी बताइएको छ।

तर गौरीबाट फोटोग्राफरले पैसा लिएनन्। ४६ वर्षीया गौरी सुपरस्टार शाहरुख पत्नी भएका कारण सञ्चारमाध्यमहरूले निकै पछ्याउने गरेका छन् । हुन त उनले आफ्नो फरक पहिचान पनि बनाएकी छन्।

गौरी चलचित्र निर्माताका साथै इन्टेरियर डिजाइनर पनि हुन्। धेरै बंगलाको डिजाइन गरिसकेकी उनले ‘मै हु ना’, ‘ओम शान्ति ओम’, ‘चेन्नई एक्सप्रेस’, ‘ह्याप्पी न्यु इयर’ जस्ता सफल बलिउड चलचित्र निर्माण पनि गरिसकेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.