इराकमा झडप: १२ को मृत्यु

इराकमा झडप: १२ को मृत्यु

बगदादः मध्य इराकमा पर्ने सिते मुसलमानको पवित्र सरह कारबाला नजिकै बम विस्फोट गराउन लागेका ६ जना आत्मघाती आक्रमणकारी इराकी सुरक्षा बलद्वारा जारी कारबाहीमा मारिएका छन् । यस क्रममा ६ जना सर्वसाधारण पनि मारिए/को इराकी गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

उक्त आक्रमण सोमबार बिहान आइन अल तामुर सहरमा भएको थियो । त्यस क्षेत्र कारबालबाट करिब ८० किलोमिटर पश्चिममा पर्दछ । सुरक्षा बल र आत्मघाती आक्रमणकारीबीच जारी झडप र विस्फोटमा परी ६ जना घाइते पनि भएका छन् । इमाम हुसेनको स्मरणस्वरूप मनाइने दिनको तयारी गरिहरेका सिते मुसलमान समुदायलाई लक्ष्यगरी उक्त आक्रमण भएको बताइएको छ ।

सन् ६८० मारिएका इमामलाई कारबालामा गाडेको बताइन्छ । कारबाला इराकको राजधानी बगदादबाट १ सय १० किलोमिटर दक्षिणमा पर्दछ ।सिते मुसलमानले गत अक्टोबर १२ को दिनमा धार्मिक नाम ‘असुरा दे'बाट परिचित दिनमा इमाम मारिएको स्मृति दिवस मनाइसकेका छन् ।

तर सो दिनको ४० दिनपछि अर्थात् नोभेम्बर २१ का दिनमा कारबालामा उनको स्मरण दिवस मनाइने गरिन्छ ।यसैको तयारीमा रहेका सिते मुसलमानलाई लक्षित उक्त आक्रमण भएको बताइएको छ । यस आक्रमणको हालसम्म कुन पनि समूहले जिम्मा लिएको छैन ।

इराकमा गत अक्टोबरमा भएको सशस्त्र द्वन्द्व, आतंककारी आक्रमण र हिंसामा परी १ हजार ७ सय ९२ सर्वसाधारणको मृत्यु भएको छ भने १ हजार ३ सय ५८ घाइते भएका इराकका लागि संयुक्त राष्ट्रसंघीय मिसनले जानकारी दिएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.