लोकमान आफैँ हाजिर भए सर्वोच्चमा

लोकमान आफैँ हाजिर भए सर्वोच्चमा

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की मंगलबार सर्वोच्च अदालतमा आफैँ उपस्थित भएका छन् ।

कार्कीविरुद्ध चलेको पुनरावलोकन मुद्धामा हुलहुज्जत गर्दै म्याद बुझ्न अस्वीकार गरेको दाबीसहित अधिवक्ता ओमप्रकाश अर्यालले दिएको पुरक निवेदनमा सात दिनभित्र उपस्थित हुन सर्वोच्चले आदेश दिएको थियो ।

सोही आदेश अनुसार कार्की मंगलबार लिखित जवाफसहित अदालतमा उपस्थित भएका हुन् । कार्कीले लिखित जवाफमा आफूले न्यायपालिकाप्रति उच्च सम्मान गर्ने गरेको बताउदै विदेश भ्रमणमा रहेका कारण काबु बाहिरको परिस्थितिमा म्याद बुझ्न असमर्थम भएको जनाएका छन् ।

उनले निवेदक अर्यालले प्रायोजित रुपमा गलत मनसायका साथ आफूविरुद्ध निवेदन दिएको दाबी समेत गरेका छन् । सर्वोच्चले पुनरावलोकन र उक्त निवेदन उपर मंसिर १६ गते सुनुवाई गर्दै छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.