मिर्गौला फेल भएपछि भारतीय विदेशमन्त्री स्वराज अस्पताल भर्ना
एजेन्सी: भारतीय विदेशमन्त्री शुष्मा स्वराज अस्पताल भर्ना भएकी छन् । मिगौलामा समस्या आएपछि अस्पताल भर्ना भएकी स्वराजले आफ्नो ट्वीटरमार्फत जानकारी गराएकी छन् ।
अहिले एम्स अस्पतालमा भर्ना भएकी उनले डाइलासिसको काम भइरहेको बताएकी छन् । स्वराजले आफू मिर्गौला प्रत्यारोपणको योजनामा रहेको र यस्तो बेलामा भगवान कृष्णले रक्षा गर्ने आशा राखेकी छन् ।
I am in AIIMS because of kidney failure. Presently, I am on dialysis. I am undergoing tests for a Kidney transplant. Lord Krishna will bless
— Sushma Swaraj (@SushmaSwaraj) November 16, 2016
पछिल्लो समय स्वास्थ्य समस्याले सताईरहेकी स्वराजलाई पहिले र्काडियोथोरेसिक विभाग अर्थात हृदय रोगसम्बन्धीविभागमा उपचार गरिएको थियो । पछि उनलाई अखिल भारतीय आर्युविज्ञान संस्थान एम्समा भर्ना गरिएको छ । स्वराजको स्वास्थ्य जाच प्राध्यापक डाक्टर बलराम एरनले गरिरहेका छन् ।