दर्शक तान्न एकै पटक दुई भाषामा चलचित्र

दर्शक तान्न एकै पटक दुई भाषामा चलचित्र

काठमाडौः ओरालो लागेको नेपाली चलचित्र क्षेत्रको साख कायमै राख्नका लागि नयां र प्रविधियुक्त प्रयोग गरिन थालिएको छ । दर्शक तान्न र मन जित्नका लागी नेपाली चलचित्र उद्योगमा पहिलो पटक एउटै चलचित्र एकै पटक दुई भाषामा आउने भएको छ ।

तीन करोड जनसंख्या रहेको नेपाली तथा ३३ करोड रहेको भोजपुरी भाषीले एउटै चलचित्र दुई भाषमा हेर्न पाउने भएका छन् ।  नेपाली चलचित्र उद्योगमा लामो सयमदेखि सफल चलचित्र निर्देशन गर्दै आएका सफल निर्देशक राजु गिरी र सफल चलचित्र बनाउदै आएका निर्माता सुरज प्रधानले करोडौं दर्शक तान्ने उद्धेश्यका साथ एकै पटक नेपाली र भोजपुरी भाषामा दिलवाले भर्सेज युवराज निर्माण सुरु गरेका हुन् ।

निर्माता प्रधानले आफनी छोरी रिचल प्रधानको जन्मदिन पारेर चलचित्र ‘दिलवाले’ भर्सेस ‘युवराज’ को शुभ मुहर्तसंगै छायांकन सुरु गरेका हुन ।  नेपाली चलचित्र उद्योगमा यो चलचित्र एकैपटक पटक नेपाली र भोजपुरी भाषामा निर्माण सुरु गरिएको पहिलो चलचित्र भएको निर्देशक राजु गिरीले बताए ।

नेपाली भाषी तथा भोजपुरी समुदायको बसोवास रहेको तराइ र भारतका करोडौं दर्शकलाई लक्षित गरेर भोजपुरी भाषामा चलचित्र ‘दिलवाले’ र नेपाली भाषामा ‘युवराज’ को निर्माण सुरु गरिएको निर्माता सुरज प्रधानले बताए ।

दुई दशक अगाडि आफैं कलाकार बन्ने लक्ष्यका साथ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका निर्देशक राजु गिरीले विन्दास १, २, ३ मखमली, टाइगर द रियल हिरो, कत्याकाण्ड, देवराज, जिस्म, रक्षालगायत १३ वटा सफल चलचित्र निर्माण गरिसकेका छन् ।

महाराधिका इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण सुरु भएको चलचित्र ‘दिलवाले’ अर्थात ‘युवराज’ को प्रस्तुतकर्ता पनि सुरज प्रधान रहेका छन । उनले सुखदुख, सलाम छ मायालाई, दुर्गालगायत ११ वटा चलचित्र निर्माण गरिसकेका छन् ।

सुरेन्द्रलाल प्रधानको निर्माण यस चलचित्रमा द्वन्द्व रोशन श्रेष्ठ, नृत्य जीवन ज्ञवाली , संगीत पप्पु मिश्र तथा छायाँकन रामेश्वर हुमागाई रहेका छन । त्यसैगरी चर्चित नायिका शुभेच्छा थापा, नायक प्रदेशी शाह, ध्रुव कोइराला, पुष्पा पाण्डे, मुखरलाल साह लगायतको मुख्य अभिनय रहेने छ ।

यस चलचित्रले नेपाली र भोजपुरी भाषाका दर्शकलाई तानेर नेपाली र तराइबासीको सामाजिक सद्भावको विकास हुने चलचित्रकी नायिका सुभेच्छा थापाले बताइन् । उनले यसअघि पनि भोजपुरी भाषामा चलचित्रमा अभिनय गरिसकेकी थिइन् ।

काठमाडौको बालाजुमा यस चलचित्रको वुधवार छायांकन सुरु गरिए निर्माण सुरु गरिएको छ । एक महिनामा सम्पुर्ण छायांकन सकेर चलचित्रको आगामी माघ १ प्रदर्शन गर्ने तयारीका साथ तीब्र रुपमा छायांकन सुरु भइरहेको निर्देशक राजु गिरीले बताए ।

काठमाडौका साथै तराइका जिल्लाहरुमा छायांकन गरिने यस चलचित्रमा संगस्त पप्पु मिश्र, कथा हरेराम ठाकुर तथा गायकहरुमा इन्द्र सोनाली, आलोक कुमार, पप्पु मिश्र रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.