क्यान्सरपीडित अनिकालाई अमेरिकाबाट एक लाख ७३ हजार सहयोग
काठमाडौंः तामाङ सोसाइटी अफ अमेरिका (टिएसए) ले ब्लड क्यान्सरपीडित अनिका तामाङलाई आर्थिक सहयोग गरेको छ ।
अमेरिकामा संकलन गरेको एक लाख ७३ हजार रुपैयाँ टिएसएका महासचिव अमर तामाङले बुधबार अनिकालाई हस्ताणतरण गरे ।
ओखलढुङ्गा मुलर्खक १ की २० वर्षीया तामाङ दुई वर्षदेखि क्यान्सरपीडित छिन् । टिएसएका महासचिव तामाङले अनिकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।