रुपन्देहीमा ३६ जना डेङ्गुबाट सङ्क्रमित

रुपन्देहीमा ३६ जना डेङ्गुबाट सङ्क्रमित

लुम्बिनीः रूपन्देहीमा मङ्गलबारसम्ममा ३६ जना डेङ्गु रोगबाट सङ्क्रमित भएको पाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा भएको परीक्षणमा यती धेरै सङ्क्रमित फेला परेको यो पहिलो पटक हो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका छन् । बुटवलभित्र मात्रै झन्डै २० जना बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

ती बिरामीको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, बुटवल हस्पिटल प्रालि, मर्सिसिटी अस्पताल, आम्दा अस्पताललगायतका निजी अस्पतालमा उपचार भइरहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको लक्षण थाहा पाएपछि अस्पताल पुगेका बिरामी सफल उपचारपछि घर फर्किएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

जिल्लामा पछिल्लो तीन वर्षयता सबैभन्दा बढी डेङ्गु रोगका सङ्क्रमित फेला परेका हुन् । निरीक्षक शाहका अनुसार रूपन्देहीमा २०७१ मा नौजना र २०७२ सालमा पाँचजना मात्रै डेङ्गु रोगी फेला परेका थिए ।

यो वर्ष भने यो सङ्ख्या अझै बढ्न सक्ने जानकारहरू बताउँछन् । डेङ्गुका बिरामी अप्रत्याशित तरिकाले बढेपछि कार्यालयले रोगबाट बच्ने उपाय र सोको लक्षणबारे जानकारी दिँदै आएको छ ।

कार्यालयले सम्बन्धित नगरपालिका तथा महिला स्वास्थ्य स्वयम्सेविकासँग समन्वय गर्दै घरदैलो अभियानलाई तीव्र पारेको छ । कार्यालयका अनुसार महिला स्वयम् सेविकामार्फत बुटवल उपमहानगरपालिका अन्तर्गतका वडा नम्बर १ देखि १५ सम्म घरदैलो कार्यक्रममा सो रोगका लक्षण बच्ने उपायको जानकारी दिइएको छ ।

रूपन्देहीमा डेङ्गू रोगका बिरामी अप्रत्याशित रुपमा बढेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका जनरल फिजिसियन डा प्रवीन खत्रीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा दिनहुँ उपचारका लागि आइरहेका बिरामीमा एनएसवानएजी रियाक्टिभ देखिएको र ती बिरामी रोगको सुरुवाती अवस्थामा छन् भने कतिपय बिरामीमा आइजिएम पोजिटिभ देखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.