फुटबल टोलीको भव्य स्वागतसहित नगर परिक्रमा

फुटबल टोलीको भव्य स्वागतसहित नगर परिक्रमा

काठमाडौंः एएफसी सोलिडारिटी कप फुटबलमा च्याम्पियन बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई बुधबार साँझ भव्य स्वागतसहित नगर परिक्रमा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको स्वागत सहित नगर परिक्रमा गरेको हो ।

साँझ ८ः३० बजे विमानस्थल आइपुगेको नेपाली टोलीको स्वागतका लागि युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, एन्फाका पदाधिकारी, राष्ट्रिय महिला टोलीका खेलाडी र एन्फा एकेडेमीका खेलाडीसहित उल्लेख्य संख्यामा फुटबल सर्मथक त्रिभुवन विमानस्थल पुगेका थिए । खेलाडीलाई सजिसजाउ गाडीमा राखेर बाचागाजासहित नगर परिक्रमा गरिएको हो ।

विमान स्थलबाट सुरुभएको र्‍याली गौशाला, बत्तिसपुतली, मैतिदेवी, पुतली सडक, घण्टाघर, शहिद गेट, त्रिपुरेश्वर, थापाथली, ग्वार्को हुन्दै एन्फा परिषद् सातदोवाटो पुगेर सकिएको छ ।

मलेसियाको कुचिङ स्थित नेगेरी स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नेपालले मकाउलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।

नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जित्दै इतिहास समेत बनायो । एएफसीले यसै बर्षदेखि सोलिडारिटी कपको आयोजना गरेको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने आधिकारिक प्रतियोगिताको उपाधि नेपालले जितेको यो पहिलो पटक हो ।

सोलिडारिटी कपको उपाधिसँगै नेपालले लगातार अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक समेत गरेको छ । नेपालले यसअघि गत फागुन महिनामा बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्ड कप र भारतका भएको १२ औं दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग) को उपाधि जितेको थियो । टोलीको उत्साहका लागि सरकारले प्रत्येक खेलाडीलाई जनही तीनलाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.