भारु नोटको हाहाकार भइरहेका बेला आठ अर्बको विवाह !!

भारु नोटको हाहाकार भइरहेका बेला आठ अर्बको विवाह !!

एजेन्सीः दक्षिण भारतको कर्नाटका राज्यमा विश्वकै एउटा सबैभन्दा खर्चिलो वैवाहिक समारोहको आयोजना भइरहेको छ। पूर्व प्रान्तिय मन्त्री तथा एक जना विवादित खानी व्यवसायी जनार्दन रेड्डीले आफ्नी छोरी ब्रह्माणीको विवाहमा करिव आठ अर्ब रुपियाँ खर्च गर्न लागेको बीबीसीले जनाएको छ ।

पाँच दिन चल्ने उक्त विवाहमा दशौँ हजार पाहुना निम्त्याइएको छ भने बलिउड कलाकारहरुले आफ्नो प्रस्तुती दिने बताइएको छ। आलोचकहरुले लाजमर्दो पाराले पैसाको प्रदर्शन गरेको भन्दै विवाहको आलोचना गरिरहेका छन्।

दशौँ लाख भारतीय सर्वसाधारण पाँच सय र एक हजार रुपियाँका नोटमा लागेको प्रतिबन्धका कारण छटपटिरहेको असहज परिस्थितिमा उक्त विवाहको खबर प्रकाशमा आएको हो।

२७ करोडको साडी

समाचार विवरणहरुका अनुसार विवाहका लागि सुन र एलसीडी स्क्रिन जडित निम्ता कार्डका लागि डेढ करोड रुपियाँ भन्दा बढी खर्च गरिएको छ।

त्यस्तै बेहुलीको साडीका लागि २७ करोड रुपियाँ भन्दा बढी र गरगहनाका लागि झण्डै डेढ अर्ब रुपियाँ खर्च गरिएको छ।

भारतीय संचारमाध्यमका अनुसार विवाहस्थलमा तीनहजार निजी सुरक्षाकर्मी र तीन सय प्रहरीका साथै तालिमप्राप्त कुकुर र बम निस्क्रिय बनाउने सुरक्षा दस्ता पनि तैनाथ गरिएको छ।

विवाहस्थलमा प्राचीन दरवार र मन्दिरको नक्कल गरी त्यस संरचनासँग मिल्नेगरी मण्डव बनाइने छ ।

कालोधनको व्यवस्थापन

भारतमा नगदमा आधारित अर्थ व्यवस्था छ र विवाहमा ज्यादा नगदै खर्च गर्ने गरिएको देखिन्छ। खानी व्यवसायी रेड्डीले बेंग्लोर र सिङ्गापुरमा रहेका उनका सम्पत्ति धरौटीमा राखिएको तथा विवाह समारोहको खर्चको भुक्तानी ६ महिना अघि नै गरिसकिएको जनाइएको छ।

भड्किलो विवाहको समाचारसँगै कालो धन विरुद्धको भारतीय प्रधानमन्त्रीको कारबाही धनी व्यक्ति लक्षित छन् कि छैनन भनेर प्रश्न उठिरहेको छ।

भारतीय जनता पार्टीका पूर्व नेता रेड्डीमाथि भ्रष्टाचारको आरोप लागेको छ र उनले तीन वर्ष जेलमा पनि बिताएका छन्।

आफू माथि लागेका आरोप अस्वीकार गर्दै आएका रेड्डी एक वर्ष अघि जमानतमा रिहा भएका थिए।

विवाहको समारोह स्थल बेंग्लोर प्यालेसमा केही महिना अघि बाटै तयारी गरिएको र विवाहको मन्डप र सजावटका लागि भारतीय चलचित्र उद्योग बलिउडका आठ जना निर्देशकहरुलाई निम्ताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.