देवः विकास बैंकको मुनाफा पाँच करोड
काठमाडौः देव विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ६ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा बैंकको मुनाफा तीन करोड ९१ लाख ५३ हजार रुपैयाँ मात्र रहेको थियो । चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सात अर्ब ९६ करोड ८६ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ७४ करोड ४३ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
घरजग्गा क्षेत्रमा ८३ करोड ६० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा ११ करोड ७१ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम ४० लाख ७८ हजार रुपैयाँ रहेको बैंकको निस्कृय कर्जा तीन दशमलव ४४ प्रतिशत रहेको बैंकले जनाएको छ ।
गत आवको सोही अवधिमा ६ अर्ब ८४ करोड १९ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १५ करोड २२ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।