कसमस बैंक सातौं वर्षमा
काठमाडौंः कसमस डेभलपमेन्ट बैंकले बुधबारबाट आफ्नो स्थापनाको छैठौ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत हृदयराज घिमिरेले गोरखामा प्रमुख कार्यालय रहेको उक्त बैंकले मुख्य कार्यालय र चार वटा अन्य शाखा कार्यालयबाट जिल्लाबासीलाई बैंकिङ सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले सेवाको अवसर प्रदान गर्ने समस्त ग्राहक, शुभचिन्तक, सेयरधनीलगायत सम्पूर्ण जिल्लाबासीलाई धन्यबाद ज्ञापनसमेत गरेका छन् । यसै अवसरमा उनले बैंकको आर्थिक वर्ष २०७३/०७४ को प्रथम त्रैमासिकको प्रगति विवरणसमेत पेश गरेका थिए ।
उक्त समिक्षा अवधिमा बैंकको खुद मुनाफा पचास लाख छ जुन अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासकोभन्दा करिब ९७ प्रतिशतले बढी हो । उक्त अवधिमा बैंकले ७९ करोड १६ लाख ९४ हजार बराबरको निक्षेप संकलन गरी ५१ करोड ६० लाख बराबरको कर्जा लगानी गर्न सफल भएको छ ।
हालैमात्र एक बराबर एकको अनुपातमा हकप्रद निस्कासन गरेको यस बैंकले हकप्रद सेयर पश्चात २०.२६ प्रतिसेयर आम्दानी कमाउन सफल भएको जनाएको छ ।