रजनीकान्तको फिल्म '२.०' मा अक्षयकुमार भिलेन !
एजेन्सीः रजनीकान्तको अब आउने फिल्म '२.०' को फस्ट लुक सार्वजनिक भएको छ । रजनीकान्त तथा अक्षय कुमारले आफ्नो ट्वीटर ह्यान्डलबाट फिल्मको पोस्टर सार्वजनिक गरेका छन् ।
रजनीकान्त नायक रहने फिल्ममा अक्षय कुमार खलनायकको भूमिकामा देखिनेछन् ।
फिल्मको पहिलो भिडियो २० नोभेम्बरमा मुम्बईमा सार्वजनिक गर्ने तयारी गरिएको छ । फिल्मको पहिलो दृश्य देखाउन भव्य पार्टीको आयोजना गर्ने निर्माण पक्षको तयारी छ । फिल्मको ट्रेलर भने नयाँ वर्षको अवसरमा जनवरी १ मा सार्वजनिक गर्ने तयारी छ ।
यो फिल्म सन् २०१०मा रिलिज भएको फिल्म 'इन्थिरन' को सिक्वेल हुनेछ ।
फिल्ममा रजनीकान्त, अक्षय कुमारका साथै एमी जैक्सन, सुधांशु पाण्डे, अदिल हुसेन लगायतका कलाकार छन् ।
पोस्टर सार्वजनिक गर्दै रजनीकान्तले गरेको ट्वीट हेर्नुहोस् ।
#2Point0FirstLook pic.twitter.com/gBzLS62uar
— Rajinikanth (@superstarrajini) November 16, 2016