अर्धन्यायिक अधिकार माग्द महानगरीय प्रहरी

अर्धन्यायिक अधिकार माग्द महानगरीय प्रहरी

काठमाडौंः स्थापनाको ११ वर्ष भइसक्दा पनि महानगरीय प्रहरीले अर्धन्यायिक अधिकार माग्न छाडेको छैन । प्रत्येक वर्ष मंसिर १ गते महानगरीय प्रहरी दिवस मनाउँदै आइरहेको छ । गुनासो एउटै छ, महानगरीय प्रहरी बनाइए पनि अर्धन्यायिक अधिकार दिइएन ।

कार्यक्रममा प्रहरी महानिरीक्षकदेखि प्रमुख जिल्ला अधिकारी र गृहका पदाधिकारी आउँछन्, अर्धन्यायिक अधिकार दिलाउने प्रतिबद्धता जनाउँछन् तर काम हुँदैन । बल्लतल्ल संसद्मा महानगरीय प्रहरीसम्बन्धी विधेयक दर्ता भएको छ ।

प्रहरी परिचालन पद्धतिमा आधुनिकीकरण गर्ने उद्देश्यले २०६३ मंसिर १ गतेबाट उपत्यकामा महानगरीय प्रहरीको अवधारणा लागू गरिएको थियो । तर ११ वर्ष लागिसक्दा पनि पुरानै कार्यशैली र उही अधिकारमा प्रहरी सीमित छ । यसबीच प्रहरी संख्या बढे पनि महानगरीय प्रहरीको अवधारणा लागू हुनसकेको छैन । सरकारले सीमित अधिकार प्रत्यायोजन गर्न नसक्दा प्रत्येक घटनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) कै आदेश चल्ने गरेको छ ।

भीड नियन्त्रणमा बल प्रयोग गर्दा होस् वा कुनै भेला वा समारोहमा प्रहरी परिचालन गर्दा सीडीओको निर्देशन अनिवार्य मान्नुपर्ने अवस्था छ । महानगरीय अवधारणा लागू गर्दा हातहतियार दर्ता, सार्वजनिक अपराध, रेस्टुरेन्ट दर्ता, अनुगमनलगायत अधिकार महानगरीय प्रहरीलाई दिने उल्लेख थियो । तर अहिले पनि यी सबै अधिकार सीडीओलाई छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यो बीचमा १० जना हाकिम फेरिइसकेका छन् तर अधिकार प्राप्तिका लागि सबैले खुट्टा कमाए । प्रहरी मुख्यालयका अनुसार २०७० मा गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको महानगरीय प्रहरीलाई अर्धन्यायिक अधिकार दिने विधेयक संसद्मा अड्किएको छ । पूर्वआईजीपी कुवेरसिंह राना र पूर्वएआईजी नवराज सिलवालको पहलमा बल्लतल्ल विधेयक मन्त्रिपरिषद्सम्म पुगेको थियो । वर्तमान आईजीपी उपेन्द्रकान्त अर्यालको पहलमा संसद्मा दर्तासम्म भएको छ ।


‘महानगरीय प्रहरीलाई अर्धन्यायिक अधिकार दिलाउन हरसम्भव प्रयास गरिरहेको छु । संस्थाको नाम परिवर्तन गराएर मात्रै हुँदैन, अधिकार पनि दिन सक्नुपर्छ ।’ उपेन्द्रकान्त अर्याल, आईजीपी

महानगरीय प्रहरी अवधारणा लागू भएपछि प्रहरी प्रभाग थपिए । प्रभागलाई वृत्त बनाइयो । काठमाडौं र ललितपुर जिल्ला प्रहरीको इन्चार्जमा एसएसपी दरबन्दी राखियो ,। महानगरीय प्रहरीमै डीआईजीबाट एआईजी प्रमुख बनाइयो र वृत्तबाट समेत मुद्दा चलाउने प्रावधान ल्याइयो ।

यी प्रशासनिक र दर्जा विकासको कामबाहेक अरु प्रगति हुनसकेको छैन । मंगलबार अर्याल भन्दै थिए, ‘महानगरीय प्रहरीलाई अर्धन्यायिक अधिकार दिलाउन हरसम्भव प्रयास गरिरहेको छु । संस्थाको नाम परिवर्तन गराएर मात्रै हुँदैन, अधिकार पनि दिन सक्नुपर्छ ।’

महानगरीय प्रहरी प्रमुख एआईजी प्रतापसिंह थापाले महानगरीय प्रहरीको अवधारणाअनुरूप प्रहरीलाई अर्धन्यायिक अधिकार दिन ढिलाइ भइरहेको बताए ।
कार्यक्रममा विशिष्ट कार्य गरेबापत प्रहरी अधिकृतलाई सम्मानित गरिएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कारबाट सम्मानित भए । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले उत्कृष्ट कार्यसम्पादन पुरस्कार पाए ।

त्यसैगरी प्रहरी कार्यतर्फ महानगरीय प्रहरीकै एसएसपी शरद चन्द र नगर प्रहरी प्रमुख डीएसपी सन्तोषसिंह राठौर, द्वैवीप्रकोप उद्धारमा राम्रो काम गरेका डीएसपी मनहरि थापा, ट्राफिक व्यवस्थापनतर्फ हबल्दार चेतबहादुर चौलागाईं र ट्राफिक एफएम सञ्चालन गरेका जवान सन्तोष सापकोटा पुरस्कृत भए । वरिष्ठ फोरेन्सिक डाक्टर हरिहर वस्तीलाई समेत सम्मान गरिएको थियो ।

हल्लाको पछि नलाग्नूः अर्याल


प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफूलाई फेर्ने भन्दै सामाजिक सञ्जालमा भइरहेको टिप्पणीको पछि नलाग्न आग्रह गरेका छन् । ‘अहिले मलाई जोडेर संगठनकै नाम बदनाम गराउने काम भइरहेको छ । त्यस्ताको पछि नलाग्न आग्रह गर्छु’, उनले भने, ‘सामाजिक सञ्जालले ल्याएका विकृति नियन्त्रण गर्र्ने विषयमा बहस जरुरी छ । आईजीपी हटाउने भनेर गरिएको दुष्प्रचारको पछि नलागी दृढ भएर काम गरौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.