पत्रकार थापाको फोटो र भिडियो प्रदर्शनी सुरु

पत्रकार थापाको फोटो र भिडियो प्रदर्शनी सुरु

काठमाडौंः फोटो पत्रकार भरतबन्धु थापाको समृद्ध मध्यपश्चिम फोटा र वाईल्ड वेष्ट भिडियो प्रदर्शनी सुरु भएको छ। बिहीबारबाट राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सुरु भएको प्रदर्शनी अाइतबारसम्म चल्नेछ।

मनघरी फाउन्डेशन र घुमफिर नेपालको आयोजनामा सुरु भएको प्रदर्शनीमा मध्य तथा सुदूरपश्चिमका पर्यटकीय स्थलाई तस्बिर तथा भिडियोमार्फत प्रचार प्रसार तथा प्रर्वद्धन गर्न प्रदर्शनी गरिएको मनघरी फाउन्डेशनका संरक्षक प्रेमबहादुर थापाले बताए।

bandu-2

प्रर्दशनीमा मध्यपश्चिका १५ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थलका ५० वटा तस्बिर राखिएको मनघरी फाउन्डेशनका अध्यक्ष एवम् फोटो पत्रकार भरतबन्धु थापाले जानकारी दिए। प्रर्दशनीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्ने रारा, जुम्ला, दैलेख, बर्दिया, खप्तड, बडिमालिका, स्वर्गद्वारी लगायतका तस्विर तथा भिडियो प्रर्दशनीमा राखिएको पत्रकार थापाले बताए।

प्रर्दशनीमा मध्य तथा सुदूरपश्चिमका पदयात्रा, सस्कृति लगायतलाई पनि समेटिएको छ। हुम्लादेखि रारा, खप्तडदेखि रारा, वाईल्ड वेष्ट, रारा–बर्दिया शुक्लाफाँट, खप्तड, बडिमालिका, जुम्ला लगायत जिल्लाका भिडियोहरु प्रदर्शनीमा राखिएको छ।

पत्रकार थापाले यसअघि भक्तपुर, काठमाडौं, पोखरा, बाँके, सुर्खेत र दैलेखमा फोटो प्रर्दशनी गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.