नेपाली बृहत् शब्दकोश २०७२ खारेजः भाषा विवादको नयाँ रुप

नेपाली बृहत् शब्दकोश २०७२ खारेजः भाषा विवादको नयाँ रुप

काठमाडौँ: नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ खारेज गर्ने निर्णय गरेको छ ।

गत कात्तिक ३० गतेको प्राज्ञिक परिषद् बैठकले निर्णय गरेको बिहीबार प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए। उनले भने, ‘नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएको भए पनि त्यो विवादास्पद बनेको हुँदा सबैले स्वीकार्ने गरी व्याकरण बनाइन्छ ।’

नेपाली भाषा बचाउ आन्दोलन लगायतले मानक नेपाली भाषाको मौलिकतामा प्रहार गर्न नहुने भन्दै आवाज उठाएपछि प्रतिष्ठानले यसबारे पुनरवलोकन गर्न भाषाविद् प्रा डा चूडामणि बन्धुको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।

प्रतिष्ठानले सरोकार भएका पक्षसँगको समन्वय तथा छलफलबाट समयसापेक्ष नेपाली भाषाको वर्णविन्यास परिवर्तनका लागि प्रयत्न गरेपछि सोसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको थियो।

माओवादी नेता दीनानाथ शर्मा शिक्षा मन्त्री भएका बेला मन्त्रिस्तरीय निर्णय गर्दै विद्यालय सँगै कक्षा १२सम्म नयाँ वर्णविन्यास लागु गर्ने निर्णय भएको थियो । मन्त्रिस्तरीय निर्णय भएपछि विभिन्न विद्यालयमा सोही अनुसारका पुस्तक पढाइ हुँदै आएका छन् ।

प्रज्ञा प्रतिष्ठानले बृहत शब्दकोष २०७२ खारेज गरेपनि यसरी पढाइभइरहेका पाठयपुस्तक बारे केही बोलेको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.