तीनकुनेमा सवारी दुर्घटना, एकको मृत्यु

तीनकुनेमा सवारी दुर्घटना, एकको मृत्यु

काठमाडौं: तीनकुनेमा शुक्रबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका नेपाली सेनामा कार्यरत हरिगोपाल श्रेष्ठको मृत्यु भएको हो ।

नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि लगिएका श्रेष्ठको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृतक श्रेष्ठ नेपाली सेनाको चन्दननाथ गणमा कार्यरत थिए ।

उनको टाउको र छातिमा गम्भिर चोट लागेको थियो । दुर्घटनास्थलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्‌याएको थियो ।
गौशाला क्षेत्रबाट नयाँ बानेश्वर तर्फ जाँदै गरेको मोटरसाइकल कोटेश्वरबाट गौशालातर्फ जाँदै गरेको बा ३ ख २०५६ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना हुने वित्तिकै प्रहरीलाई खबर नभएको भन्दै उद्धारमा खटेका प्रहरी जवानहरुले घाइतेको धेरै गम्भिर अवस्थामा मात्र अस्पताल पुर्‌याउन सकेको बताएका छन् । स्थानीय ठाउँमा घटेका घटनाबारे प्रहरीको हटलाइन नम्बर १०० मा कल तत्काल खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

उद्धारमा खटिएका एक प्रहरी जवानले भने-'हामीलाई खबर भएन कोटेश्वरबाट आउँदै गर्दा जाम देखेर आएका थियौं । दुर्घटना भएको रहेछ । अहिले स्थानीय तथा पैदलयात्री सबैसँग मोबाइल हुने भएकाले कुनै घटना घटे तत्काल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर जानकारी दिन आग्रह गर्दछु ।'

दुर्घटनापछि केहीबेर तीनकुने गौशाला सडक अवरुद्ध भएको थियो । प्रहरीले अहिले सवारी सुचारु गराएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.