सप्तरीमा करेन्ट लागेर एकको मृत्यु
राजविराज: सप्तरीमा करेन्ट लागेर गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको मलेकपुर–२ निवासी ३० वर्षीय घुरन सदा रहेको प्रहरीले जनाएको छ ।
सदालाई बुधबार राति आफ्नै घरनजिक रहेको विद्युत् पोलमा विद्युत चोरीको हुकिङ लगाउने क्रममा करेन्ट लागेको थियो।
घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस