ट्रम्पको कूटनीतिप्रति जापानी प्रधानमन्त्रीको विश्वास

ट्रम्पको कूटनीतिप्रति जापानी प्रधानमन्त्रीको विश्वास

न्युयोर्क: जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिप्रति विश्वास व्यक्त गरेका छन्। गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि विदेशी नेतासँग ट्रम्पको प्रत्यक्ष भेटवार्ता भएको यो नै पहिलो हो।

राष्ट्रपति ट्रम्पले आफ्नो सरकारको मन्त्रीमण्डल बनाउने विषयमा तयारी भइरहेको अवस्थामा प्रधानमन्त्री आबेले उनलाई भेटेर यस्तो विश्वास व्यक्त गरेका हुन्। जापानी प्रधानमन्त्री आबेले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग करिब ९० मिनेट भेटवार्ता गरेका थिए।

भेटवार्तापछि पत्रकारहरुसँग जापानी प्रधानमन्त्री आबेले भने,'निकै उपलब्धिमूलक भेटवार्ता भयो, ट्रम्प साँच्चिकै राम्रो नेता हुनुहुँदोरहेछ भन्ने महसुस गरेँ ।' न्यानो वातावरणमा भएको भेटवार्ताले विश्वासको सम्बन्ध विस्तार गरेको आबेले बताए।

उनले दुई नेताबीच पुनः व्यापक विषयमा गहिरो संवाद गर्ने सहमति भएको जनकारी दिए। दोस्रो विश्वयुद्धपछि अमेरिका र जापान एक अर्काका प्रमुख सहयोगी मुलुकका रुपमा रहँदै आएका छन् । दोस्रो विश्वयुद्ध यता जापानको आर्थिक अवस्था पुनः उकास्नका लागि अमेरिकाको ठूलो सहयोग रहेको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.