सांसद् ल्यारक्याल लामाको निलम्बन फकुवा, अदालतले दियो सफाइ
काठमाडौंः सांसद डा. ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएका छन्। व्यवस्थापिका–संसद्को शुक्रबार बसेको बैठकमा सांसद लामाले विशेष अदालतबाट सफाइ पाएको जानकारी संसदलाई दिइएको हो।
नेकपा (माओवादी केन्द्र) का सांसद लामाले गत कात्तिक ३० गते अदालतको फैसलाबाट सफाइ पाएकाले सभामुख ओनसरी घर्तीले उनको सांसद पदको निलम्बन फुकुवा भएको जानकारी दिएकी हुन्।
बैंकको लकरमा अवैध हतियार भेटिएको भन्दै लामामाथि मुद्दा दायर भएको थियो।