आठौं प्रदेशमा सहमति खोज्दै प्रधानमन्त्री प्रचण्ड

आठौं प्रदेशमा सहमति खोज्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं: संविधान संशोधन र सीमांकनमा देखिएको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं प्रदेशसहित तीन प्रस्ताव अघि सारेका छन् ।

माओवादी नेता वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री आठौं प्रदेशमा सहमति खोज्न प्रधानमन्त्री सक्रिय भएको बताए । नेता पुनका अनुसार सीमांकनको विवाद समाधानको लागि अहिले तीन वटा विकल्पका बारेमा छलफल भइराखेको छ ।

५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यानलगायतका क्लष्टर मिल्ने जिल्लालाई समेटेर ८ औं प्रदेश बनाउने विकल्पका बारेमा पनि अहिले छलफल जारी छ ।

त्यस्तै पाँच नम्बरका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा राख्ने विकल्पका बारेमा पनि छलफल भइरहेको उनको भनाइ थियो । उनले भने,‘जुनमा निकटता आउँछ, त्यही विकल्पमा समझदारी हुन्छ ।’

शुक्रबार रिपोर्टसमा आयोजित साक्षात्कारमा नेता पुनले भने, ‘पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा राख्नेबारे पनि छलफल भइराखेको छ, केही अहिले हल गरेर र केही पछि टुँग्याउनुपर्छ ।’ नवलपरासीदेखि बर्दियासम्मको प्रदेश बनाउन जारी रहेको छलफल सहमतिको निकट पुगेको उनले बताए ।

नेता पुनले मंसिर ६ वा ७ गते सरकारले सहमतिका साथ संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने खुलासा समेत गरेका छन् । प्रमुख तीन दलकीच सहमतिकै आधारमा संविधान संशोधन प्रस्ताव पेश गर्ने वातावरण बनेको उल्लेख गर्दै पुनले सरकारले चाँडै संशोधन प्रस्ताव पेश गर्ने प्रष्ट पारेका हुन् ।

‘प्रधानमन्त्रीजीले निरन्तर छलफल तथा संवाद जारी राख्नुभएको छ, ठूला तीन दलबीच सहमतिका साथ अघि बढ्ने वातावरण बनेको छ, त्यसैले यही मंसिर ६ वा ७ गतेभित्रै संशोधन प्रस्ताव संसदमा दर्ता हुन्छ, यसमा कसैले शंका नगरे हुन्छ’, पुनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.