मधेस समाधान नभएसम्म चुनाव हुँदैन : रामचन्द्र

मधेस समाधान नभएसम्म चुनाव हुँदैन : रामचन्द्र

वीरगन्ज : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशका समस्या समाधान नभए सम्म संविधान कार्यान्वयन नहुने र निर्वाचन पनि हुन नसक्ने बताएका छन् ।

शनिबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले भने ,‘ मधेशको विकास बिना देशको विकास पनि हुन सक्दैन , त्यसैले मधेसका समस्या समाधानका लागि काग्रेस सक्रिय रुपमा लागि परेको छ ।

पौडेलेले आफु तराइ मधेश संवाद कार्यक्रमका लागी मधेश भ्रमणमा निस्केको र मधेशी दलका स्थानिय नेताहरुसंग छलफल समेत गरिरहेको जानकारी दिए ।संविधान संसोधनका लागि तराईमा समेत राम्रो बातावरण बन्दै गएको र मधेशका जनताले पनि यसलाइ सकरात्मक रुपमा लिईरहेको उनको कथन छ ।

कांग्रेस नेता पौडेलले लोकमान प्रकरणमा नेपाली कांग्रेस न्यायाधीशको रुपमा रहेको बताए। ‘बामपन्थीहरुले महाअभियोग लगाएकोले उनीहरु वादी हुन् लोकमान प्रतिवादी हुन्’ उनले भने ‘कांग्रेस चाही न्यायाधीश हो ।’महाअभियोगका विषयमा छानबिन समितिले अनुसन्धान गरेपछि मात्रै कांग्रेसले यस विषयमा निर्णय लिने उनले बताए ।
मुलुकमा लामो समय देखि स्थानिय निकायको चुनाव नहुदा भ्रष्टार बढेको भन्दै नेता पौडेलले सिमांकनको पुर्नसंरचना गरी चैत मसान्त सम्म जसरी पनि स्थानिय निकायको निर्वाचन हुने ठोकुवा गरे।

संविधानले तोकेको समय सिमा भित्रै संघ र संसदको पनि चुनाव गरिने उनले बताए ।नेपाल प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रिय सदस्य अजयकुमार चौरसिया, रामकृष्ण यादव , सांसदहरु अनिल रुङ्गटा र राजेन्द्रबहादुर अमात्य, प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहाका साथै काँग्रेस नेता कार्यकर्ताहरुको पनि उपस्थिती रहेको थियो ।

शनिबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर : क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.